Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
व्याकुल माइलाको शब्दमा रहेको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियाेसहित) – Gaule Khabar

व्याकुल माइलाको शब्दमा रहेको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियाेसहित)

व्याकुल माइलाको शब्दमा रहेको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियाेसहित)

गाउँले न्यूज, ११ असार, काठमाण्डौ । प्रवेश राईको स्वरमा रहेको ‘पग्ली बग्ने हिउँनदी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयीता व्याकुल माइलाको शब्दमा जसिहाङ राईले संगित भर्नुभएको गीतको भिडियो बुधबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार व्याकुल माईलाले आफ्नो रचनालाई स्वर, संगित र भिडियोले सोचेभन्दा बढि न्याय गरेको बताए । आधुनिक शैलीमा लेखिएको गीतलाई तामाङ सेलोमा ढालेर संगित भर्नु कठिन कार्य भएको बताउँदै उहाँले यस्तो संयोजन आफ्ना लागि ठुलो उपलब्धी भएको बताए ।

फरक उद्देश्यहरुको संयोजनले निखारता ल्याएजस्तै यस गितले पनि ज्यादा महत्व पाउने बताए । राम्रो शब्द हुँदा हुँदै पनि संगित र भिडियोमा गरिएको लापर्वाहीले आफ्ना दर्जनौँ गीतहरु गुमनाम भएको गीतकार माईलाले दुखेसो गर्नुभयो । पग्ली बग्ने हिउँनदी सम्पुर्ण रुपमा स्तरिय रहेकाले श्रोताले रुचाउने उहाँको विश्वास छ ।

संगितकार जसिहाङ राईले राष्ट्रिय गानका रचयीताको शब्दमा संगित भर्नु पाउनु ठुलो अवसरको रुपमा लिएको बताए ।

गीतको म्युजिक भिडियो निर्देशन नृत्य निर्देशक केशव कोइरालाको रहेको छ भने भिडियोमा फिचरिङ्ग देवराज गुरुङ, सोनम थुलुङ राई र सुमन तामाङ को रहेको छ । गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा छायाङकन र सम्पादन गंगाराम राईको रहेको छ ।

गायक प्रवेश राई नेपाली साङ्गीतिक आकाशमा उदाउँदो व्यक्ति हुन । प्रथम सोलुखुम्बु गायनस्टर राईले यस अघि ‘केही सिक्न चाहन्छौ’ बोलको गीत गाउनुभएको थियो । ‘पग्ली बग्ने हिउँनदी’लाई उदभव नामक एल्वममा समेट्ने गरी तयारी भइरहेको राईले बताए ।

https://www.youtube.com/watch?time_continue=43&v=tof8RorYWMI

https://gaulenews.com/?p=46791

https://gaulenews.com/?p=46779

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका