गाउँले न्युज, ९ असार, काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले पुरुष तथा महिलातर्फ बीच भलिबल प्रतियोगिताको उपाधि हात परेका छन् ।
पोखरामा सोमबार आज भएको फाइनल खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारसम्मिलित आर्मी ‘ए’ ले राजु विक र अनिल मगर सम्मिलित गण्डकीलाई २-१ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले २१-१६ ले जितेपनि दोस्रो सेट गण्डकीले २१-१८ ले आफ्नो पक्षमा पारेको थियो भने निर्णायक सेटमा आर्मीले लय समात्दै १८–१६ को जित दर्ता गर्यो ।
महिलातर्फ भएको विभागीय भिडन्तमा एपीएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल पुलिसका नीता कुमारी शाह र कोपिला उप्रेती को जोडीलाई सोझो सेटमा पराजित गर्यो । एपीएफले २१-१३, २१-१३ को अन्तरले जित दर्ता गर्दै उपाधि हात पारेको हो ।
पुरुषतर्फ सन्जु बिक्रम शाह र रमेश केसीको जोडी गण्डकी ‘ए’ ले चन्द्र कुवँर र तोरण चन्दको जोडी नेपाल पुलिस ‘ए’ लाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । महिलामा पुष्पा चौधरी र मनिषा चौधरीको जोडीले तेस्रो स्थान हात पारेको छ ।
उपाधिसँगै महिला र पुरुष दुवै तर्फको विजेताले समान ३० हजार रुपैया, २० हजार र १० हजार रुपैया क्रमस प्रथम द्वीतिय र त्रितिया हात परेका छन ।
उक्त प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
https://gaulenews.com/?p=46562
https://gaulenews.com/?p=46916