गाउँले न्यूज, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको शिक्षक सरुवा गर्ने निर्णयविरुद्ध परेको रिटमाथि जारी गरेको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायधिसद्धय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले गाउँपालिकाविरुद्ध परेको रिट खारेज गरेको हो ।
सर्वोच्चको उक्त फैसलासँगै गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘रातदिन नभनी भविष्यका कर्णधार विद्यार्थीहरुको लागि खट्नुहुने गुरुवर्गप्रति सम्मान व्यक्त गर्दै कामचोर शिक्षकहरुलाई जोत्ने समय अब शुरु भएको छ ।’
गाउँपालिका शिक्षा समिति तथा जिल्ला प्रशासन कार्यालय शिक्षा तथा समन्वय इकाई सोलुखुम्बुसमेतलाई विपक्षी बनाएर डिल्लीबहादुर खुलाल बस्नेतको नाममा रिट दायर गरिएको थियो । उक्त रिटको सुनुवाई गर्दै न्यायधिस प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगराउनु भन्ने अन्तरिम आदेश गरेको थियो ।
गाउँपालिक अध्यक्ष अशिम थुलुङको फेसबुक वालबाट
https://gaulenews.com/?p=46510
https://gaulenews.com/?p=46499
https://gaulenews.com/?p=46476