गाउँले न्यूज, १८ जेष्ठ, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘पर्यटकीय स्थानीय तह’को प्रमाणपत्र प्राप्त गरेको छ । विराटनगरमा भएको एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्र सहित ५० लाख पुरस्कार रकम प्रदान गरे । प्रदेश १ को चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेअनुरूप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारबापतको चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका छन ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाले प्रदेश सरकारको यस निर्णयले खुम्बु क्षेत्र र समग्र देशकै पर्यटन क्षेत्रको विकासमा महत्यपूर्ण टेवा पुग्ने बताए । ‘पर्यटकमैत्री पूर्वाधार निर्माणमा अझ फोकस दिने, विभिन्न स्थानमा भ्यु टावर, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्दै जाने पनि बताए । ‘प्रदेश सरकारको यो घोषणाले पर्यटन वर्ष–२०२० लाई पनि सहयोग पुर्याउने अध्यक्ष शेर्पाले बताए ।
खुम्बु क्षेत्रमा पर्यटकको संख्या अझ थपिनेछ।’ उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकता राखेर बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे । खुम्बु क्षेत्रमा बर्सेनि ५० हजारकाे हाराहारीमा पर्यटक आउने गरेका छन् ।