Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तेन्जिङ-हिलारी एभरेस्ट म्याराथ सम्पन्न सुमन कुलुङ र अलेक्जेन्डरले जिते उपाधी – Gaule Khabar

तेन्जिङ-हिलारी एभरेस्ट म्याराथ सम्पन्न सुमन कुलुङ र अलेक्जेन्डरले जिते उपाधी

तेन्जिङ-हिलारी एभरेस्ट म्याराथ सम्पन्न सुमन कुलुङ र अलेक्जेन्डरले जिते उपाधी

गाउँले न्यूज, १५ जेष्ठ, सोलुखुम्बु । तेन्जिङ-हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि महाकुलुङका सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढाले जितेका छन् । ६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको निर्धारित दूरीलाई सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् । महिलातर्फ भने सुनमाया बुढाले ५ घण्टा ३ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि चुमेका थिए ।

पुरुषतर्फ रुकुमका कपिलदेव बुढाले निर्धारित ४२ किलोकिटर धुरी ३ घण्टा ५६ मिनेट दुरी पुरा गर्दै द्धितिय भए । त्यस्तै राम कुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा धुरी पुरा गरि तृतिय स्थान हात पारेको छन ।
महिलातर्फ रोजिना भण्डारीले ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र हुमी बुढामगरले ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका छन् ।
सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लवुचे, थुक्ला, दिङवोचे, सोमारे, पाङवोचे, दिबुचे, तेङवोचे, फुङिठाङा, लौसास, क्याङ्माहुँदै नाम्चेबजारको चौरक्याम्पमा आएर समापन भएको थियो । फुल म्याराथनको पुरुषतर्फका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार नगद पाएका छन्, भने महिला प्रतिस्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार नगद पुरस्कार पाएका छन् ।
दिङबोचेदेखि नाम्चेसम्म २१ किलोमिटरको हाफ म्याराथनको उपाधि बेलायतका अलेक्जेन्डर विलियम जल्यान्डले जितेका छन् । उनले निर्धारित दूरी ३ घण्टा ८ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरि ब्राजिलका कार्लोस फ्रेडेरिको उपविजेता भए । उनले ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा दुरी पार गरे । त्यसैगरी भारतका जेरोमी लियोडले ३ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका छन् ।
विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउने छन् । हाफ म्याराथनमा विभिन्न देशका १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी स्ट्रीम अल्ट्रा एभरेष्ट म्यारथनको उपाधि किरण कुलुङले हात पारेका छन् । सगरमाथाको आधारशिविरबाट शुरु भएर विभिन्न बस्ती हुँदै नाम्चेसम्मको ६० किलोमिटरको निर्धारित दूरी किरणले ७ घण्टा १४ मिनेट १० सेकेण्डमा पूरा गरेर उपाधि जितेका हुन् ।
दोश्रो हुने अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा निर्धारित दूरी पूरा गरे भने, ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै पूर्ण तामाङ्ग तेश्रो भए । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
हिमालय एक्सिपिडिशनले सन् २००३ देखि वर्षेनी मे २९ तारिखको दिन एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ । यो संसारकै सबैभन्दा उचाइमा आयोजना हुने अल्ट्रा रेसको रुपमा प्रसिद्ध रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका