WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGaOJ6cbr9xNr.8pfxYIkdFhZe3oo..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-13 13:52:27', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १२ जेष्ठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर ’ त्रिभुवन विमानस्थलमा प्रहरीले बरामद गरेको छ ।
सगरमाथा क्षेत्रमा भेटिएको पत्थर आरोहणबाट फर्किएका आरोही पेम्बा दोर्जे शेर्पा र एक विदेशी नागरिकले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।
हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको थियो ।
पत्थर फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ ।
सोही हेलिकप्टरमा सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार थिए ।