Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्राफिक चापले मात्रै आरोहीको मृत्यु भएको होइनः पर्यटन विभाग – Gaule Khabar

ट्राफिक चापले मात्रै आरोहीको मृत्यु भएको होइनः पर्यटन विभाग

ट्राफिक चापले मात्रै आरोहीको मृत्यु भएको होइनः पर्यटन विभाग

गाउँले न्यूज, १२ जेष्ठ, सोलुखुम्बु । पर्यटन विभागले सगरमाथा लगायत हिमाल आरोहण क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण केवल ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ । आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उल्लेख गरेको छ ।

आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो । यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र र्फकने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।
किन भयो सगरमाथामा चाप ?
विभागका अनुसार १४ मे २०१९ मा डोरी टाग्ने काम पुरा भएको थियो । त्यसपछि १६ मेसम्म मौसम अनुकूल थियो । त्यसो समयमा थोरै मात्र आरोही माथि पुग्न सके । त्यसपछि २१ मेसम्म मौसम प्रतिकूल भयो ।

एक जना आरोही पनि चुचुरोसम्म पुग्न सकेनन् । त्यसपछि २१ मेबाट पुनः मौसम अनुकूल हुन थाल्यो । २१ मेमा चुचुरो पुग्ने योजना बनाएका अधिंकाश आरोही दू्रत हावाका कारण चौथो शिविरमा दुई रात बस्न बाध्य भए । त्यसकारण २२ र २३ मे का दिन चौथो शिविरदेखि माथि आरोहीको भीड लागेको विभागका स्पष्ट पारेको छ ।

sourse:sagaramathaonline

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका