लुक्लामा क्षतिग्रस्त हेलिकोप्टर झुण्ड्याएर काठामाण्डौ लगियो

लुक्लामा क्षतिग्रस्त हेलिकोप्टर झुण्ड्याएर काठामाण्डौ लगियो

गाउँले न्यूज, ६ जेठ सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउँपालिका लुक्ला स्थित तेन्जिङ हिल्लारी विमानस्थलमा समिट एयरले ठक्कर दिँदा क्षतिग्रस्त भएको श्रीएयरलायन्सको एक्युरेयल हेलिकोप्टरलाई हिजो आइतबार डोरीमा झुण्ड्याएर काठमाडौं दुर्घटना हो ।

उडानमा समस्या आएमा वा बिग्रेको अवस्थामा सानो हेलिकोप्टरलाई एमआई सेभेन्टिन हेलिकोप्टरले डोरीमा झुण्ड्याएर ल्याउने गरिएको छ । यसलाई उड्डयन क्षेत्रमा स्वाइङ अपरेसन भन्ने गरिन्छ ।

गत वैशाख १ मा दुर्घटना भएको हेलिकोप्टरलाई दुई दिन लगाएर काठमाडौं लगिएको श्री एयरका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए । शनिबार लुक्लाबाट रामेछाप विमानास्थल ल्याइ सो हेलिकोप्टरलाई आइतबार त्रिभुवन विमानास्थलमा पुर्‍यएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका