बिच भलिबल जेठ अन्तिममा पोखरामा हुने

बिच भलिबल जेठ अन्तिममा पोखरामा हुने

गाउँले न्यूज, ३० बैशाख, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोली छनोटका रूपमा सातौं पुरुष तथा छैटौं महिला राष्ट्रिय बीच भलिबल
प्रतियोगिता जेठ अन्तिम साता पोखरामा आयोजना हुने भएको छ । प्रतियोगिताको शीर्ष ३ स्थानमा रहने टिमका खेलाडीलाई १३ औं सागका लागि राष्ट्रिय टिमको तयारीमा राखिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० क्षेत्रबाट पुरुष र महिलाको २-२ टिम समावेश हुनेछन् । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन कास्की जिल्ला भलिबल संघले गर्ने भएको छ ।  प्रतियोगिताका लागि २२ लाख बजेट अनुमान गरिएको छ ।

फेवाताल किनारस्थित बिच कोर्टमा आयोजना हुने प्रतियोगिता बेस्ट अफ थ्री फम्र्याटमा खेलाइनेछ । बिच भलिबलमा एक टिममा दुई खेलाडी हुन्छन् । भलिबल संघले इन्डोर भलिबलको राष्ट्रिय टिममा छनोट भएका खेलाडीले बिच भलिबल खेल्न नपाउने प्रस्ट पारेको छ । आठौं खेलकुदको प्रदर्शनका आधारमा संघले २५ नियमित र ५ वैकल्पिक गरी ३०-३० जना खेलाडी सम्मिलित राष्ट्रिय टोली छनोट गरेको छ । राष्ट्रिय टिममा परेका खेलाडीले बिच भलिबलको राष्ट्रिय टिम छनोट खेल्न नपाउने संघका महासचिव चन्दले बताए ।
महिला तथा पुरुषतर्फको प्रतियोगिताका विजेता टोलीलाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका