प्रदेश १ ले आँधी पीडितलाई दियो एक करोड

प्रदेश १ ले आँधी पीडितलाई दियो एक करोड

गाउँले न्यूज, ३० वैशाख, जनकपुरधाम । प्रदेश १ सरकारले गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि एक करोड सहयोग उपलब्ध गराएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै प्रदेश २ मा आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर विपतमा सबै एकजुट भएको सन्देश दिने बताए ।

प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गर्दै मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको बताए ।

बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।

आँधी पीडितका लागि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग उपलब्ध गराइसकेको छ भने अन्य प्रदेश सरकारले पनि सहयोग गर्ने निर्णय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका