गीतकार रसिकको ‘माया जालैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गीतकार रसिकको ‘माया जालैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गाउँले न्यूज, काठमाडौं । साहित्यकार तथा गीतकार रसिक किरातको शब्दमा रहेको ‘माया जालैमा’ बोलको पूर्वेली लोकभाकाको गीत सार्वजनिक भएको छ ।

पूर्वेली लोकभाकाको अत्यन्त मिठो लयमा रहेको उक्त गीत सङ्गीतकार तथा गायक मनोज साङ्सोनले संगीत सम्योजन गरेका हुन् भने पूर्वाञ्चल सिङ्गिङ् स्टार सिर्जना तामाङ र नितेश राईको स्वार रहेको छ ।

गीतमा माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्दको फूल फुलाउन सकिने दृढ विश्वास व्यक्त गरिएको छ । यसको लागि नीति निर्माताहरूलाई समेत गीतले सशक्त ढङ्गले झस्काएको छ ।

गीतले पूर्वेली लोकभाकाको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अत्यन्त धेरै दर्शक श्रोताहरूको प्रतिक्रिया आइरहेको छ भने, गीतले दर्शक श्रोताहरूको मन जित्न सक्ने गीतकार किरातीको विश्वस रहेको छ ।

https://gaulenews.com/?p=46425

https://gaulenews.com/?p=46296

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका