गाउँले न्यूज, २४ बैशाख, सोलुखुम्बु । माप्यदुधकाशी गाउँपालिका केन्द्र खास्ताबमा कृषि विकास बैंकको सोमबार औपचारीक उद्घाटन गरिएको छ । माघको १४ गतेबाट आर्थिक कारोबार सुरु गरेको बैंकको विधिवत उद्घाटन हिजो एक कार्यक्रम बीच गरिएको हो ।
सोलुखुम्बु जिल्लाको स्थानीय तह मध्ये थुलुङ दुधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी बैंकको शाखा स्थापना गरिएको थियो । त्यसपछि क्रमैसंग अन्य गाउँपालिकामा बैंक स्थापना भएपनि माप्यदुधकोशी गाउँपालिकामा केही ढीला हुनुमा प्रभु बैंकले धोका दिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई शाखा कार्यालय सञ्चालनको अनुमती प्रदान गरेपछि कर्मचारी समेत छनौट गर्ने काम सम्पन्न गरेको बैंकले अन्तिम चरनमा आएर गाउँपालिकालाई धोका दिएको अध्यक्ष राईले बताए ।
अध्यक्ष राइले सबैभन्दा बढी शाखा कार्यालय भएको कृषि बिकास बैंक स्थापना गराउन सफल भएको भन्दै खुसी व्यक्त गरे । कृषि विकास बैंक क्षेत्रिय कार्यालय राजविराजका क्षेत्रिय निर्देशक घनेन्द्र अधिकारीले कृषि विकास बैंक आयमूलक, रोजगारीमूल क्षेत्रमा बढी जोड दिने बैंक भएकाले यसको सेवा बिशिष्ट भएको बताए । बैंकले नाफा मात्र नभई सेवाको दृष्टिकोणले गाउँपालिकामा शाखा बिस्तार गरेको बताए ।
कृषि बिकास बैकले सरकारी तथा निजि क्षेत्रको आर्थिक कारोबार बासामानै गर्ने भएको छ । अब गाउँपालिका बासी सरदरमुकाम सम्म गएर आर्थिक कारोबार गर्नुपर्ने बाध्यताको अन्त्य भएको वडा नम्बर १ का कार्यभाक वडा अध्यक्ष सजन्न राईले बताए । गाउँपालिकाको प्रतेक वडाबाट कम्तिमा दुईसय खाता सञ्चालन गर्ने निर्णय भएको समेत राइले बताए ।
कृषि विकास बैंक शाखा कार्यालय माप्यदुधकोशी गाउँपालिकाका म्यानेजर महेन्द्र साहाले इन्टरनेटको समस्याले गर्दा सेवा प्रवाहमा केहि समस्या भएको बताए । अहिले बैंकमा खाता खोल्न आउँने ग्राहकालाई बैंकले १ सय रुपैँया निशुल्क जम्मा गरिदिने भएकाले बैंकमा खाता खोल्न सबैलाई आग्रह पनि गरे ।