गाउँले न्यूज, १५ बैशाख, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिाका वडा नं.४ मा एकै दिन ५ उत्घाटन सम्पन्न भएको छ ।
आज एकै दिन माप्य दुधकोशी गाउँपालिका वडा नं.४ स्थित आईतबारे बजार ब्याबस्थापन र बजारभित्र रोड सञ्चाल, आईतबारे देखि थापा गाउँ सम्मको सडक, छेदुखोला सिचाई, खोपकेन्द्र भवनको उत्घाटन माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बिुद्धि किरण राईले गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बुद्धि किरण राईले गाउँपालिकाका सबै वडासँग सडक सञ्जाल बिस्तार आर्थिक वर्ष २०७५/०७६ सम्ममा सकिएको र अब सडकलाई ब्याबस्थित बनाउन सबै सजग रहनु पर्ने बताए । उहाले जनताको भावना र चाहना विपरित कुनै पनि काम नगर्ने बताए । जनताको सकरात्मक प्रतिकृयालाई शिरोपर गर्दै सधै जनता र गाउँपालिकाको सम्मृद्धिको लागि लागिपर्ने बताए ।
छेदुखोला शिचाईले लगभग ९० घर धुरि लाभाङ्मित हुने र सो शिचाईले ३०० रोपनि भन्दा माथिको खेतमा सञ्चालन गर्न सकिने वडाध्यक्ष डबलसिंह राईले बताए ।
कार्यक्रमा माप्य दुधकोशी गाउँपालिका वडा नं.४ का अध्यक्ष डबलिसंह राई, माप्य दुधकोशी गाउँपालिका निमित प्रशासकिय प्रमुख पशुपति पोखरेल, माप्य दुककोशी गाउँपालिका वडा नं.४ का स्थानीयको बाक्लो उपस्तिथिमा सम्पन्न भएको थियो ।