सगरमाथा क्षेत्रमा संकलित १ हजार फोहोर हेलिकप्टरमार्फत काठमान्डौ लगियो

सगरमाथा क्षेत्रमा संकलित १ हजार फोहोर हेलिकप्टरमार्फत काठमान्डौ लगियो

गाउँले न्यूज, ८ बैशाख, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा संकलन गरिएको फोहोर काठमान्डौ लगिएको छ । सरसफाई अभियाननै सञ्चालन गरि संकलन गरिएको १ हजार फोहोर काठमान्डौ लगिएको हो ।
१२ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा सगरमाथा क्षेत्रको लुक्ला देखी स्याङ्बोचे सम्म संकलन भएको फोहोर नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको सम्योजनमा बैशाख १ गतेबाट सुरु भएको सरसफाइ अभियानमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण विभाग, नेपाली सेना, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत १ हजार केजी फोहोर काठमान्डौ र एक हजार केजी फोहोर ओखलढुंगा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा बर्गिकरण गरि संकलन गरिएको फोहोरलाई सोही अनुसार व्यवस्थापन गर्ने गरि पठाईएको बताईएको छ ।

स्थानीय स्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमानै व्यवस्थापन गरिएको छ । केही कुहिने बस्तु सहितको फोहोरलाई ओखलढुंगा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने बस्तुलाई काठमान्डौ पठाईएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

जेठ २२ गते सम्म जारी रहने सरसफाई अभियानमा सगरमाथाको चुचुरो सम्मनै सफाई गर्ने बताइएको छ । सगरमाथा आधारशिविर सम्म दैनिक ३० जनाको टोलिले सरसफाई गर्ने सरमाथाको चुचुरो सम्म ८ जनाले काम गर्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसीका) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए ।

संकलन गरि काठमान्डौ लगिएको फोहोरलाई विश्व वातावरण दिवस मे ५ का दिन काठमान्डौमा प्रदर्शन गरि ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने छ । पहिलो चरणको फोहोर समेत सेनाले सोही संस्थालाई लगेर जिम्मा दिएको छ ।
४५ दिनसम्म चल्ने सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका