सुदन डोटेलको ‘चुपचाप छौ तिमी सार्बजनिक (भिडियो सहित)

सुदन डोटेलको ‘चुपचाप छौ तिमी सार्बजनिक (भिडियो सहित)

गाउँले न्यूज, काठमाडौं । गीतकार सुदन डोटेलको गजल संग्रह ‘चुपचाप छौ तिमी….’ लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेले सामुहिक रुपमा संग्रह लोकार्पण गरेका हुन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

विमोचित ‘चुपचाप छौ तिमी…’ मा गायक आनन्द कार्कीको स्वर छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन् । भोला पौडेलले उक्त गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

कार्यक्रममा उक्त्त म्युजिक भिडियो पनि प्रिमियर गरियो । संगीतकार प्याकुरेलकै निर्देश्ँनमा बनेको गजलमा श्रीदेव भट्टराई, सारिका घिमिरेले फिचरिङ्ग गरेका छन् । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् । गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल पनि देख्न सकिने छन ।
म्युजिक भिडियोमा छायाङ्कन सुरेन्द्र श्रेष्ठको रहेको छ भने सम्पादन सुरेश राउतले गरेका हुन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=UfqscNB_rsQ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका