महोत्सवको स्टेज भाँचिदा मुख्यमन्त्री भुईमा पछारिए, ३ जना घाईते

महोत्सवको स्टेज भाँचिदा मुख्यमन्त्री भुईमा पछारिए, ३ जना घाईते

गाउँले न्यूज, डडेल्धुरा । डडेल्धुरामा अजयमेरु महोत्सवको स्टेजनै भाँच्चिदा तीन जना घाईते भएका छन् । अजयमेरु गाँउपालिकामा आयोजित अजयमेरु महोत्सव मनाउँदै गर्दा स्टेज भाच्चिएको हो । स्टेज भाच्चिदा महोत्सव उद्घाटन गर्न गएका मुख्यमन्त्री त्रिलोचन भट्टसहित विशिष्ट पाहुनाहरु लडेका हुन् । मुख्यमन्त्री सकुशल रहेपनि घटनामा अन्य तीन जना भने घाइते भएका छन् ।

घाइते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त रहेका छन् । घाईते तीनै जनाको सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पतालले जनाएको छ । मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको हो । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो । स्टेज भाँच्चिएपछि अवरुद्ध महोत्सव पुनः फेरि संचालन गरिएको र मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका छन् ।

sourse:dcnepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका