लुक्ला विमान दुर्घटनाको छानबिन समिति गठन

लुक्ला विमान दुर्घटनाको छानबिन समिति गठन

गाउँले न्यूज, २ बैशाख, सोलुखुम्बु । सरकारले तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका जनाएको छ ।
उक्त्त समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेकाछन भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछाने रहेकाछन । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ मा भएको दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको हो र ४ जना घाइते भएका छन् ।
तेन्जिङ हिल्लारी बिबान स्थल लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘9NMH’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको ‘9LLC’ कल साइन हेलिकप्टरसँग ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ssourse:रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका