गाउँले न्यूज, २८ चैत, काठमाडौं । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ ।
ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।