न्यु डायमन्ड एकेडेमिले क्रोएसियामा भलिबल खेल्ने

न्यु डायमन्ड एकेडेमिले क्रोएसियामा भलिबल खेल्ने

गाउँले न्यूज, १२ चैत्र, काठमाडौं । नेपाली महिला भलिबलमा चर्चि/लोकप्रिय टिम न्यु डायमन्ड एकेडेमी क्रोएसियामा हुने उमेर समूहको आइएसएप वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप प्रतियोगितामा सहभगिता हुने भएको छ ।

न्यु डायमन्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले टोलीले पहिलोपटक उमेर समूहमा अन्तर्राष्ट्रिय एक्स्पोजको लागि सहभागिता जनाउने पक्का भएको बताए । प्रशिक्षक राईले यो प्रतियोगिताको लागि न्यु डायमन्डले नेपालको प्रतिनिधित्व गरेर जाने पनि बताए ।

क्रोएसियामा डायमन्डको सहभागिता नेपालको कुनैपनि उमेर समूहका खेलाडीको लागि पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर हुनेछ । यसअघि व्यक्तिगत सम्वन्धका आधारमा राम्रो खेल पस्केका प्रतिभा मालीले नेदरल्यान्डस्मा र सरस्वती चौधरीले जापानमा प्रशिक्षणको अवसर पाएकी थिइन् । तर, यो उमेर समूहमा भने थिएन ।

इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै डायमन्डको सहभागिता निश्चित भएको हो । सन् १९७२ देखि सुरु भएको यस प्रतियोगिताका लागि आइएसएफले नेपाल स्कुल स्पोर्टस् फेडेरेसनलाई भलिबलको लागि निम्ता पठाएको थियो । एनएसएफका महासचिव राजकुमार कार्कीका अनुसार न्यु डायमन्डमा प्रतिभावान उमेर समूहका खेलाडी रहेका कारण प्रशिक्षक कुमार राईसँगको छलफलमा यो सम्भव भएको बताए । उनले यो हरेक वर्ष आयोजना हुने उमेर समुहको आधिकारिक प्रतियोगिता भएको समेत बताए ।

यु–१५ मा प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहनेछ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्ड को दुर्य टोली, स्पेन र युक्रेन रहेका छन् ।

यो प्रतियोगिता नेपाली किशोरीका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अन्तर्राष्ट्रिय मञ्च हुने प्रशिक्षक राईले बताए । उनले न्यु डायमन्डको मिहेनत र योगदानले नेपालको भलिबल इतिहासमै अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न पाएको बताउदै आयोजक र समन्वय गरिदिने एनएसएफलाई धन्यवाद व्यक्त गरे ।

आयोजकको नियमानुसार प्रतियोगितामा सहभागिता जनाउन कम्तीमा ९ देखि १२ खेलाडी हुनुपर्नेछ । प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको टाइसिट आएको छैन । प्रतियोगिताको लागि करिव २५ लाख खर्च हुने र यो खर्च एकेडेमी आफैले बेहोर्ने प्रशिक्षक राईले बताए ।

क्रोएसिया जाने नेपाली टोली
सोनी थपलिया – खेलाडी
करिना सुनुवार – खेलाडी
सविना तामाङ – खेलाडी
दिया परियार – खेलाडी
जोया गुरुङ – खेलाडी
सजिना श्रेष्ठ – खेलाडी
रिया कुवँर – खेलाडी

प्रेक्षा राई – खेलाडी
सुनिता खड्का – खेलाडी
कुमार राई– प्रशिक्षक
राज कुमार कार्की – हेड अफ डेलिगेसन
सुनकेशरी माली – स्कुल शिक्षक
चन्द्रा बदना राई – रेफ्री
मोहन कुमार कार्की – स्कुल डाइरेक्टर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका