स्थानीय तहमा रिक्त दरबन्दी लोकसेवाबाट पूर्ति गरिने

स्थानीय तहमा रिक्त दरबन्दी लोकसेवाबाट पूर्ति गरिने

चैत २,  काठमाडौ । स्थानीय तहमा कर्मचारीको अभाव भएपछि रिक्त दरबन्दी लोकसेवाबाट पूर्ति गरिने भएको छ। समायोजनमा संघबाट साढे ९ हजार हाराहारीमा कर्मचारी तहमा खटिँदैछन्। स्थानीय तहकै १० हजार ३ सय कर्मचारी तहमै समायोजित भएको मन्त्रालयको भनाइ छ। तहमा ४० हजार कर्मचारी दरबन्दी छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी तत्काल पूर्ति गर्न तहसँग विवरण मागेको छ। कर्मचारी समायोजन ऐन २०७५ अनुसार प्रदेश लोक सेवा आयोगको गठन नहुन्जेल स्थानीय तहमा पदपूर्ति गर्न सम्बन्धित तहले सामान्य प्रशासन मन्त्रालयमार्फत् लोक सेवा आयोगमा माग पठाउनुपर्ने व्यवस्था छ।

केही दिनअघिको सचिवस्तरीय निर्णयले तहको कार्य सञ्चालन र सेवा प्रवाह व्यवस्थित गर्न रिक्त कर्मचारीको विवरण मागेको हो। निर्वाचन भएको करिब २ वर्षसम्म पनि तहमा आवश्यक संख्यामा कर्मचारी नहुँदा सेवा प्रवाह तथा नीति निर्माणमा समेत असर परिरहेको छ। समायोजनबाटै तहका सबै दरबन्दी पूर्ति गर्ने सरकारको योजना असफल भएपछि नयाँ कर्मचारी भर्ना गर्ने गृहकार्यमा लागेको हो।

 

स्थानीय सरकार सञ्चालन ऐनअनुरूप संघप्रति जिम्मेवार बनाउन संघकै दरबन्दीमा प्रमुख प्रशासकीय अधिकृत राख्ने गरिएको थियो। तर अब तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्दा संघसँगको दूरी बढ्ने अनुमान छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका