१. विषय प्रबेश
मनब अध्ययन तथा व्यख्या गर्ने विभिन्न दृष्टिकोण मध्ये मानवशास्त्रीय दृष्टिकोणलाई महत्वपूर्ण मानिन्छ । त्यस्तै खालिङ राई समुदायको उद्विकासबारे अध्ययन तथा व्यख्या गर्ने मुख्या आधार नै मुन्दुम हो । माप्य र दिक्प्य पूर्खाहरु खालिङ राई समुदायका दुई प्रमुख आधुनिक समाज निमार्णका प्रणेता मानिन्छन् । ख्याल छेस्कु तम्र अनुसार १४ औ शताब्दीको उत्तरार्धतिर खालिङ राईहरुको पूर्खा माप्य र उनका श्रीमति कुइमाम्य सहित खुलु वा बराहा क्षेत्रबाट दाजुभाइहरुमा मनमुटापका कारण द्युकदेल (दिक्देल), साल्पा पोखरी हुदै हुङ्गु खोला पछ्याउदै माथी आमलाप्चा भञ्ज्याङ ५८४५मि. काटेर दिनमुछेमा बसेका थिए । दिनमुछे, पाङमुछे तथा न्वाम्छेमा केही बर्ष ब्यथित गर्दा त्यहाँको मौसम निक्कै प्रतिकुल भएका कारण ग्लोमर्श खोला पछ्याउदै तल झरेर बु्बुसाबाट स्थायी बसोबसा तथा खेतीपातीको सुरुवात गरी माप्य बसेका थिए । अहिले उनैका सन्तानहरु जुभिङ, वाकु, काकु, वासा र दुधकुण्डो नगरपालिकाका टाक्सिन्दुमा खालिङहरु सघनरुमा बसोबसा गर्दै आएकाछन् । टाक्सिन्दु क्षेत्रमा बढिमात्रामा दिक्प्यका सन्तान्हरुको बसोबास गरेका छन् । खालिङरु बर्तमान अबस्थामा सोलुखुम्बु जिल्ला बहेक ओखलढुङ्गा, खोटाङ, उदयपूर, भोजपूर, संखुवासभा, झापा,ईलाम, मोरङ, सुन्सरी, चितवन तथा काठमाडौ उपत्यकामा समेत स्थायी बसोबास गर्दै आएका छन् । भारत, भुटान, यूरोप र अमेरीकाम देशहरुमा समेत खालिङ राईहरुको बसोबास फैलिएको छ । खालिङ राईहरुको आफ्नै भषा, भूगोल, भेषभूषा, परम्परा तथा संसकार रहेको छ । खालिङ राईहरुले बोल्ने भाषालाई ख्याल ब्रा वा खालिङ भाषा भनिन्छ । हुलु (तीन चुला) खालिङ राईहरुको सास्कृतिक तथा ऐतिहासिक आधार हो (राई, २०७५ः१५) । न्यगी प्रमुख कुलको रुपमा पुज्छन भने वास (साकेला) लाई उभौली र उधौली चाडको रुपमा बर्षको तीन पटक मान्ने गर्दछन् ।
२ खालिङ राई समुदाय अध्ययनका आधारहरु
खालिङहरुको लेख्य परमपरा नभएको तर मौखिक तम्र (मुन्दुम) गाउने परमपरा भएकोले प्रागऐतिहास देखि आजसम्मका ऐतिहासिक घटनाहरुको विवरण तम्रमीहरुसंग मुन्दुमको रुपमा संग्रहित छन् । मुख्यरुमा खालिङ राईहरुको बारेमा अध्ययन तथा आनुसन्धान गर्दा प्रगऐतिहासिक र ऐतिहासिक गरि दुई भागमा बाडेर अध्ययन गर्नु बढि बैज्ञानिक ठहरिन्छ ।
२.१ मिथक र प्रागऐतिहासिक आधारहरु
तम्र (मुन्दुम) खालिङ राईहरुको प्रागइतिहास, इतिहास, विधान, मिथक, बसाईसराईको गाथा, जीवन भोगाइका अनुभव तथा आदिवासीय ज्ञानको संग्रहा हो (राई, २०७५ः३६) । मुन्दुमा मानब समाजको विकास, बसाईसराई, जीवन र जगतको दर्शन तथा विभिन्न क्षेत्रका ज्ञानको बारेमा मिथकको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुदै आएको छ । सबै राईहरुका प्राचिन पूर्खाहरु रुपमा खाक्चलप (भाई) दिदिहरु ग्रोम्य र लास्म्य हुन् । उनीहरुलाई विभिन्न भाषामा फरक फरक नामले चिनिए पनि उनीहरुको सास्कृतिक सम्बन्ध र मिथहरु एउटै भेटिन्छन् । उनीहरुलाई तायामा, खियमा र रैछाकुले भनेर पनि चिन्छन् । उनीहरुको प्रागऐतिहासिक वासस्थान भनेर खोटाङ जिल्लाको तुवाचु डाडाँलाई चिनिन्छ जहाँ तायाम र खियामाले बुनेका तानका शिला आधारहरु देख्न पाइन्छ । खालिङ भाषमा तुवाचुङलाई जवजी धम भनेर पनि चिनिन्छ । विबहा र वासमा ग्रोम्य, लास्म्य र खाक्चलपको महत्वपूर्ण सम्बन्धबारे मुन्दुममा रिसिव्या गाउनु पर्ने हुन्छ । दिरीदी, खुलु, साल्पा भञ्ज्याङ, जवजी धम जस्ता स्थानहरु खलिङ राईहरुको मात्र नभएर सम्पूर्ण राईहरुको प्रगऐतिहासिक थलो हो । जुन स्थानहरु मुन्दुममा चर्चा भए पनि अहिले सोही स्थानहरु सबै पत्ता लागिसकेका छ्र्रैन्न । यी प्रगऐतिहासिक स्थलहरुको समयरेखा पनि अझै पत्ता लाग्न बाँकीनै छ । खालिङ राईहरुको न्यगी र विवहा प्रगइतिहासकाल देखि नै प्रचलनमा आएको देखिन्छ । विहा गर्नलाई पनि न्यगी पहिलो आधार भएकोले विबहा भन्दा पहिला न्यगी (पितृ) पूज गर्ने प्रचलन भएको देखिन्छ । न्यगी पूज्ने प्रचलन मातृसतात्मक समाजबाट चलेको थियो (राई, २०७५ः६४) । विवहामा गाउँने रिसिव्या तथा त्यहाँ सहभागी हुने मुन्दुमीहरुलाई हेर्दा विबहा पूरुष समाजको विकास भईसकेको देखिन्छ ।
२.२ मिथक र ऐतिहासिक आधारहरु
खालिङ राईहरुको आधुनिक इतिहास खुलुबाट सुरु हुन्छ । धेरै खालिङ पूर्खाहरुको भनाई र प्रश्न खालिङद्वारा लिखित लोम्रु वास मिथक र अनुष्ठान नामक पुस्तकमा माप्यको चरित्र बारे उल्लेख भएको छ (खालिङ, २०७३ः१३–१८) । माप्य निक्कै चतुर र तान्त्रिक शक्ति भएको मनिन्छ । उनमा तान्त्रिक ज्ञान र धनुकार्ड चलाउने अब्बल बुद्धिका कारण विभिन्न विषम परिस्थितिमा पनि आफू सुरक्षित तरिकाबाट बच्न सक्थे भन्ने पूर्खाहरुको भनाई छ । जब माप्यले आम्फूलाप्चा भञ्ज्याङ ५८४५मि. काटेर खुम्बु उपत्यकामा प्रबेश गर्दछ र त्यसपछि जसरी मुन्दुमा गाउदै आएका र मिथकहरुमा भन्दै आएका स्थानहरु फेला पर्दे जानुनै ऐतिहसिक आधारहरु हुन् । पूर्खाहरुको भनाई अनुसार माप्य दिनमुचेमा पुगेर पनि सत्रुहरुले नदेखोस भनेर तीन महिना सम्म धुवा ननिकाली बसेका थिए । त्यहाँ उनी केही बर्ष घर बनाएर बसेका पनि थिए । अझै पनि दिङमुचे गाउँमा त्यहाँका स्थानीय बासिन्दा शेर्पाहरुले प्रत्येक बर्षको साउन १५ देदि भदौ १५ सम्म एक महिना सबैको घरमा धुवा निकाल्दैन प्रतिवन्ध गर्दछन् । उनीहरु एक महिना सम्म घरमा बस्न छोड्छन र केही चाही माथी भित्तामा गाउँ हेर्न थर्पु बनाएर बस्दछन् । दिनमुचे ४४४० मिटरको उचाईमा भए पनि वुवा खेती अत्यान्तै राम्रो सप्रिन्छ । यदि धुवा निकालिएमा उवामा दान नलाग्ने उनीहरुको जनविश्वस रहेको छ । केही बर्ष पछि फेरी पाङमुचेमा माप्य आएर लामो समय सम्म बसोबास गरे । उनले खेती लगाउन बनाएका बारीका भग्नावशेषहरु अझै पनि इमजा खोला नजिकै पाङमुचे गाउँमा भेटिन्छन् । त्याङमुचे गोम्बाबाट पाङमुचे जादा इम्जा खोला तरेर पाङमुचे गाउँ प्रवेशद्वारको ठीक मुनि ठूलो ढुङ्गा रहेको छ । त्यही ढुङ्गाको ओडारमा माप्य लामो समय सम्म बसेका थिए१ । त्यही बस्दा माप्यले दोश्रो विवहा गेल्जोङम्यसँग गरेका थिए । गेल्जोङम्या भोट बाट आएका भोटबाशी थिइन् । उनले माप्यलाई नुन खाने बानी सिकाएका थिए । उनीहरु पाङमुचेमा खेती पाती पनि गरेर बसेका थिए । खुम्बु उपत्यकामा पाछेन लामा आउन पूर्वनै माप्य पाङमुचेमा बस्दै आएका थिए । केही बर्ष पछि माप्य र उनका श्रीमति सहहित मर्स खोला पछ्याउदै तल झरे । न्वाम्छेमुनि खोला तर्नु पर्ने भयो तर उनमा तान्त्रिक शत्रिभएको कारण आफ्नो धनुकार्डले पानीलाई सानो बनाई खोला तरे । उनीहरु त्यही नजिकै बास पनि बसेका थिए । त्यही बेला लामा गुरुसँग पनि भेट भयो र आफ्नो शत्तिको परीक्षण गरे । त्यही शक्ति देखाउने क्रममा माप्यले आफूसँग भएको ढ्याङग्रोले पहाडमा पछार्दा पहाडमानै छाप बसेको थियो । लामाले माप्यको शक्ति देखिसकेपछि भोटेकोशि पछ्याउदै भागे । त्यसपछि लामा र माप्य छुटिए । अझै पनि त्याहाँ माप्यको ढ्याङग्रोको छाप२ ग्योमर्श दोभानको माथी पहाडा देख्न पाइन्छ । विस्तारै माप्य र गेल्जोङ्म्यासङ्ग तल झर्ने क्रममा ख्युच्युफूक भिरमा आइपुग्दा गोल्जोङम्यको मृत्यु भयो । गेल्जोङम्य मृत्यु हुदा दुईजिउकी थिइन । माप्यले त्यही ख्युच्युफ्यूक भिरमा सदगद गरेका थिए । उनै गेल्जोङम्यलाई अहिले खालिङ राईहरुले कुल (कममोसी) भनेर पूज्ने गरेका छन् । माप्यको साथमा तुकुर्नीमा नाम गरेका कुकुर पनि साथमा थिए । बुबुसामा आइपुगेर माप्यले फेरी खेती गर्न थाले । माप्यले आम्फूलाप्चा भञ्ज्याङमा तार्न बिर्सेका श्रीमति खोज्न फेरी इंखु खोला पछ्याउदै जादा फेरी भेटिन् । त्यही पहिलाको श्रीमतिका सन्तानहरु नै अहिलेका खालिङ राईहरु हुन् । अहिले माप्य दुधकोशी गाउँ पालिका वडा नं १ हात्तेमु जुभिङमा माप्यको भग्नावशेष घर र चुला३ रहेको छ । त्यही स्थानमा लागाएको द्वास्नङलाई सिरन्दो फयदो, दबुद रङमदे, रिद्युल्यू रिदोक्से, हिसिता फाङमुदे भनेर अहिले पनि प्रयोगमा छ । अहिले माप्यका सन्तानहरु पाङमुचेलाई मृत्यु पछिका आत्मा राख्ने सन्सारको रुपमा चिन्दछन् । विशेषगरी खालिङ राईहरु प्राकृतिक रुपमा मृत्यु भए पछि पितृको रुपमा राख्ने र समयसमयमा पितृलाई मुन्दुमीहरुले बोलाएर विभिन्न किसिमका अन्नबालीहरु त्था चोखो जाड चढाउने चलन छ ।
३ माप्य र दिक्प्यका सन्तानहरु
चन्द्रु राईद्वरा संकलित बंशावली र बहुमत मुन्दुमीहरुका आधारमा खालिङ राईहरु माप्य र दिक्प्यका सन्तानहरु नै हुन भन्नेमा दुईमत छैन । माप्य चाहि आलौकि तान्त्रिक शक्ति भएको कमप्यव्यका सन्ता हुन । माप्यका बारेमा पूर्खाहरुले भन्दै आएका मिथकहरु नै आज खुलुदेखि जुभिङ सम्म धेरै ऐतिहासिक आधारहरु भेटिएका छन् । तर दिक्प्य चाहि एकै चोटी खालिङ राईहरुले पुज्दै आएको वाससँग जोडिन्छ । बंशावलीले पनि माप्य र दिक्प्यलाई अझै जोड्न सकेको देखिदैन । दिक्प्यका नाती खम्निम्य चाही अहिले खालिङ राईहरुले पुज्ने वास हो (खालिङ प्रोन्ज्योस, २०७०) । ख्याल रादु छेस्कु तम्रलाई आधार मान्ने हो भने खालिङ राईहरुले खम्निम्य वास मान्न थालेको झण्डै ५०० बर्ष पूरानो मान्न सकिन्छ । त्यसैगरी बंशावलीलाईनै आधार मान्ने हो भने खालिङ राईहरु सोलुम्बुमा लगभ ६२५ बर्ष पहिला देखि भष्मे फडानी गरेर बस्दै आएको देखिन्छ । तर जुभिङ प्लेदेलमा हात्तेमू र घाङकमले मान्दै आएको वास भने खम्निम्य वाससँग कुनै सम्बन्ध राख्दैन् । जुभिङका पूर्खाहरुको भनाइअनुसार प्लेदेल वास चाही भूमि पूजा हो भन्ने गरेका छन् । प्लेदेल बाहेक जुभिङ तथा अन्य खालिङ गाउँहरुमा मनाउदै आएका वास खम्निम्यसँग सम्बन्धित छ । खम्निम्या वास राप्छालाई केन्द्रको रुपमा मान्ने चलन छ । त्यहाँ सुगुरको बलि चढाउने चलन छ । त्यो सुगुर मप्लु (मुक्लि) बाट नै ल्याउनु पर्छ । मुक्ली थुलुङ राईहरुको थात्थलो हो । ओगानेम गढि पनि मुक्लिमै पर्दछद (राई, २०७४ः१६५ १८२) । विरामी खम्निम्य मुक्लिबाट फर्किने क्रममा शिलामा परिवर्तन भए त्यही शिला नै खम्निम्य वास भएको हो । यसरी खम्निम्य म्वाप्लुबाट फर्किनु र अझै वास पूज्नको लागि पनि मुक्लिबाटै सुगुर ल्याउनु पर्ने मान्यताले के देखाउछ भने दिक्प्यका सन्तान्हरु बढिमात्रामा थुलुङ राईसँग नजिक सम्बन्ध भएको देखिन्छ । त्यस्तै खालिङ राईहरुको कुल न्यगी चाही कुलुहरुले पनि पुज्ने गरेको पाइन्छ । केही पूर्खाहरुको भनाइअनुसार खालिङ र कुलुङ दाजुई हुन भन्ने पनि पाइन्छ । न्यगी पूजालाई आधार मान्ने हो भने खालिङ र कुलुको सम्बन्ध पनि निकटतम् देखिन्छ । भाषा तथा सम्पूर्ण पितृकार्य एउटै भए पनि मृत्यु संस्कार एउटै भए पनि मृत्यु पछि आत्मालई पठाउने स्थानहरु भने माप्य र दिक्प्यको फरक रहेको छ । माप्यका सन्तानहरु मृत्यपछि पाङमुछे पठाउँछन भने दिक्प्यका सन्तानहरु दुधकुन्डो पठाउने प्रचलन छ । यसले के देखाउछ भने माप्य र दिक्प्य एकै सन्तान हैन कि भन्ने पनि देखिन्छ । आहिले खालिङ राईहरु भनेकै माप्य र दिक्प्यका सन्तानहरुनै हुन भन्नेमा दुईमत छैन । आज उनीहरु नै संसार भरी खालिङ राई भनेर चिनिन्छन् ।
राजनीतिक र जातीय पहिचान खोजने क्रममा राई वा खालिङ थर लेख्ने विषयमा धेरै छलफ र बहस भएको छ । धेरै तर्कहरुमा राई राज्यपक्षले दिएको पदवी हो भन्ने बुझाई छ । तर राज्यले वा कुनै कालखण्डमा शासकले नाम वा पदवी दिन्छ तर उस्ले संस्कृति भने दिन सक्कदैन । वर्तमान अवस्थामा राई भनेर चिनिने थुप्रै भाषाका राई समुदायहरु छन् । उनीहरुको संस्कृतिक केन्द्र, मुन्दुम दर्शनका प्रमुख पात्रहरु जस्तै तायमा, खियामा, खाक्चलप, वास साकेला मान्ने विधि जस्ता परमपरागत सास्कृतिक आधरहरु भने शासकले सिकाएको वा थोपरेको पक्कै हैन । त्यसैले मुन्दुमको दृष्ट्रिकोण बाट हेर्दा कुनै कालखण्डमा शासकले दिएको पदवी भने पक्कै हैन । खालिङ राईहरुले मान्ने न्यगी पितृ पूजा गर्दा नोक्छोले गाउने रिसियामा पनि तिमी रादुका सन्तान हो भनेर पूज्ने गरेका छन् । न्यगी खालिङ राईहरुको सबैभन्दा पुराने पूजा मानिन्छ । न्यगीको उद्विकास मातृसतात्मक समाज देखि मान्दै आएको भन्ने देखिन्छ । तर्सथ रादुबाट राई भयो भन्ने मुन्दुमी आधार पनि प्रष्ट देखिन्छ ।
४ निष्कर्ष र सुझाव
यस अध्ययनका मुख्य आधारहरु भनेकै आज सम्म पूर्खाहरुले गाउँदै, सुनाउदै आएका मुन्दुम र प्राप्त भएसम्मका लिखित सामग्रीहरु हुन् । यस अध्ययनमा खालिङ राईहरु माप्य र दिक्प्यका सन्तानहरु नै हुन भन्ने स्पष्ट बुझिन्छ । खालिङ राईहरुले पूज्ने न्यगी र खम्निम्य वासले चाही खालिङ राईहरुको सास्कृतिक सम्बन्ध कुलुङ र थुलुङसँग निकट देखिन्छ । त्यसैले खालिङ राई समुदायको उद्विकास वारे अध्ययन गर्न खालिङ, थुलुङ र कुलुङ भाषा र मुन्दुमको बृहद अध्ययन पछि अझ सत्यताको नजिक पुग्न सकिन्छ । खालिङ भाषासँग नजिक भएका अन्य राई समुदायका भाषाहरु र मुन्दुमबाट पनि खालिङरुको अध्ययनमा थप टेवा पुग्दछ ।
सुझाब
*मुन्दुमलाई तत्कालालीन अबस्थामै संकलनगरी लिखित, श्रब्यदृष्य सामाग्री तयार गर्नुृृ पर्ने जरुरी छ । अबको एक दशक भित्र धेरै भन्दा धेरै मुन्दुमीहरु समुदायबाट लोप हुने खतरा छ ।
*मुन्दुम संकलन गरी त्यसलार्य किरात दार्शन तथा दृष्ट्रिकोण बाट व्यख्या गर्नु जरुरी छ ।
मुन्दुमी आफैले मात्र आदिवासीय ज्ञान, इतिहास, भाषा, संस्कृतिको संंरक्षण गर्न कठिन भएकोले स्थानीय सरकार र स्वयम समुदायको पनि ठूलो जिम्मेवारी छ ।
*मुन्दुमीहरुलाई स्थानीय सरकारले पनि सामजिक संरक्षण वा कुनै कार्यक्रमबाट सम्बोधन गर्न जरुरी छ । जस्ले गर्दा सम्बन्धित समुदायको संस्कृति संरक्षण हुन्छ ।
*भाषा, संस्कृतिसम्बन्धि अध्ययन तथा अनुसन्धन गर्नको लागि पनि सम्बन्धित समुदाय तथा स्थानीय सरकारले समेत अनुसन्धनकर्ताहरुलाई प्रोत्सान गर्नु पर्छ ।
व्यतिगत भन्दा पनि संस्थागतहबाट अध्ययन अनुन्धान योजना तथा कार्यक्र तय गरी अभियानको रुपमा हुनुपर्दछ ।
*भाषा हराउदै जानु संस्कृति संग्राहलयमा पुग्नु हो त्यसैले भाषको अध्ययन तथा संरक्षण गर्नु जरुरी छ ।
सन्दर्भ सामग्री
पुर्खाहरु
*चन्द्र राई (उरसे) माप्य दुधकोशी गापा ६ वाप्सा
*जोरमाया राई (जुनम) माप्य दुधकोशी गापा १, जुभिङ
*पर्शुराम राई (नैजस), दुधकोशी गापा १, जुभिङ
*पूर्ण राई (जिरिसे) माप्य दुधकोशी गापा २, राप्छा
*बुधवीर राई (खाम्बे) माप्य दुधकोशी गापा १, जुभिङ
*मोति प्रसाद राई, माप्य दुधकोशी गापा १, जुभिङ
*धनबहादुर राई (विजसे), दुधकोशी गापा १, जुभिङ
*शहरमान राई (सुसुफाले) माप्य दुधकोशी गापा १, जुभिङ
*खालिङ प्रोन्जयोस, विना (२०७०), किरात खालिङको वास दर्पन, इमानसिङ चेमजोङ मेमोरियल फउनडेशन, अनामनगर, काठमाडौ ।
*खालिङ, प्रश्न (२०७३), लोम्रु वासः मिथक र अनुष्ठान, काकु, सोलुखुम्बु ।
*चाम्लिङ भोगिराज, राई तारामणि सम्पादन (२०७४), किरात क्षेत्रका गढी, आदिबासी जनजाति राष्टिया प्रतिष्ठान, लगनखेल, ललितपूर ।
*भोगिराज चाम्लिङ, राई तारामणि, सम्पादन (२०७५), किरात र सुप्तुलुङ, आदिबासी जनजाति राष्टिया प्रतिष्ठान, सानेपा, ललितपूर ।
*राई चन्द्रबहादुर (२०५८), ख्याल रादु छेस्कु तम्र, पर्खि खालिङ, कुमार खालिङ, पूर्ण खालिङ, ढिक खालिङ
*Frances Klatzel ed. (2011). Stories And Culstums of the Sherapas, Mera Pulication
*Rai, J.B (2018). Nyagi Ritual of Khaling Rai Community: An Anthropological Study of Jubhing, Solukhumbu. MA Unpblished Thiesis submitted on RR Campus.
*Whelpton, J (2005). A History of Nepal. New York: Canbridge University Press.
साभार : सुन्म्यासङ, अंक ३
लेखकले मानवशास्त्रमा स्नातकाेत्तर गरेका छन् ।