पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्क विहीन

पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्क विहीन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टीकाे एच १- २५ (H1- 25) हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्।

प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए भने हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। घटनापछि ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

श्रोत : news24nepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका