महासंघको विधान अधिवेशन पोखरामा हुने

महासंघको विधान अधिवेशन पोखरामा हुने

गाउँले न्यूज, ९ फाल्गुन, पोखरा । पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुने भएको छ । स्थानीय सभागृहमा बिहीबार सुरु हुने सभा दुई दिनसम्म चल्नेछ ।

महासंघ अध्यक्ष गोविन्द आचार्य र महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जनाए । आचार्यले अहिलेको केन्द्रीय साधारणसभाले विधान संशोधन पनि गर्ने भएकाले विशेष रहेको उल्लेख गरे । महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखा नेतृत्वको चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट भएर महासंघको आन्तरिक जीवन बदल्न सभा महत्त्वपूर्ण रहने उनले बताए ।

‘हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखा पदाधिकारी चयन गर्ने व्यवस्थाका लागि यो विधान अधिवेशन आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘देशमा राजनीतिक पुनःसंरचना भएसँगै सञ्चारजगत्को पनि पुनःसंरचना चरणमा हामी छौं ।’ अहिले सञ्चारलगायत कानुन बन्ने चरणमा रहेको र त्यो प्रेसमैत्री बनाउन संसद्ले भूमिका खेलोस् भनेर प्रतिनिधिसभाका सभामुखलाई प्रमुख अतिथि बनाइएको उनले जनाए ।

आचार्यका अनुसार विधान संशोधनसँगै श्रमजीवी पक्रकारको हकअधिकारका लागि सशत्त रूपमा लाग्ने, स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि राज्यले नीति ल्याउनुपर्ने, प्रेस स्वतन्त्रताविरोधी कानुनको विरोध र प्रेस स्वतन्त्रताको मापदण्डको परिभाषालगायत क्षेत्रमा पनि यो सभाले एउटा सन्देश दिने बताए ।

अहिले प्रकाशन र प्रसारण भएका समाचार सामग्रीको आत्मसमीक्षासमेत गरिने उनले जनाए । ‘समाचार सामग्रीको स्वनियम गर्न हामी तयार छौं, सरकारले गरिरहनुपर्दैन,’ उनले भने, ‘शाखालाई पनि बलियो बनाउने र सञ्चार क्षेत्रको समस्या र समाधानका विषयमा गहन बहस हुने विश्वास लिएका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका