टी–२० महिला विश्वकप एसिया छनोट : आज नेपाल र आयोजक थाइल्यान्ड भिड्दै

टी–२० महिला विश्वकप एसिया छनोट : आज नेपाल र आयोजक थाइल्यान्ड भिड्दै

गाउँले न्यूज, ९ फागुन, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल थाइल्यान्डलाई पराजित गर्ने रणनीतिमा छ ।

यता, थाइल्यान्ड भने नेपाललाई पनि पराजित गर्दै उपाधि नजिक पुग्न चाहन्छ । यसअघि भएका दुबै खेलमा थाइल्यान्डले जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

दुबै खेलमा जित हात पारेको थाइल्यान्डको चार अंक रहेको छ । यता, नेपालले खेलेको एक खेलमा जित हात पार्दै दुई अंक बटुलेको छ भने अंक तालिकामा दोस्रो स्थानमा छ ।

नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका