भुमिका र आयुष बने बि.एल.ए डान्सिङ आइडल २०७५.

भुमिका र आयुष बने बि.एल.ए डान्सिङ आइडल २०७५.

गाँउले न्यूज-नया शैक्षिक सत्र शुरु भए देखि नै बिद्यालयले अतिरिक्त क्रियाकलापमा नयाँ प्रतिभा खोज्ने गरेको छ । जसमा बिधालयले बिबिध कार्यक्रम गर्ने गर्दछ। यस्ता कार्यक्रमबाट बिधार्थीमा राष्ट्रियताको भावना पैदा हुने कुरा बाल मनोबैज्ञानिकहरुको भनाई छ ।

यसै अनुरुप कपन, एकताबस्ती, महाँकाल अवस्थित ब्रेन ल्याण्ड एकेडेमीले शुक्रबार बि.एल.ए (Brain Land Academy) डान्सिङ आइडल २०७५ सम्पन्न गरेको छ । गत बैशाख देखि बिभिन्न राउण्ड हुदै फाइनलमा सिनियरबाट ९ र जुनियरबाट ९ जना छनौट भएको थियो । सम्पुर्ण प्रतियोगिहरुको उत्कृष्ट प्रस्तुति रहेको थियो ।

बि.एल.ए को आफनै प्राङगणमा सम्पन्न उक्त कार्यक्रममा नुत्य निर्देशक संघ नेपालका सह कोषाध्यक्ष एवम नृत्य निर्देशक केशव कोइराला र नृत्य निर्देशक तथा मोडल छिरिङ लामा द्वय निर्णायकको भूमिका गर्नु भएको थियो । प्रिन्सिपल प्रशान्त दाहाल द्वारा उद्घाटन गरिएको कार्यक्रमलाई बिधालयका नृत्य प्रशिक्षक देबराज गुरुङले ब्यबस्थापन गर्नु भएको थियो । प्रतिस्पर्धात्मक रुपमा बिधार्थीले उत्कृष्ठ प्रस्तुति दिएको कुरा निर्णायकद्वयले बताउनु भयो ।

इन्ट्रोडक्सन (परिचय) र फाइनल सो राउण्ड गरि दुइ चरणमा भएको प्रतियोगितामा सिनियरबाट आइडल भुमिका राई बने भने प्रथम र द्वितियः रष्मि सुबेदि र युजिन श्रेष्ठले प्राप्त गरेका छन । यसै गरि जुनियरबाट आइडल आयुष राई तथा प्रथम,द्वितिय र सान्तवना क्रमश स्मिका राई , प्रेनिषा पाठक र आस्मा श्रेष्ठले प्राप्त गरेका छन । बिजेता बिधार्थिहरुलाइ बिधालयका फाउडर प्रिन्सिपलद्वारा ट्रफि, मेडल तथा अन्य उपहारहरुद्वारा सम्मान गरिएको थियो ।

तस्बिर : देवराज गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका