काठमाडौंदेखि गाउँ–गाउँमा सुविधाजनक र गुणस्तरीय यात्राको लागि गेटवे एक्सप्रेस

काठमाडौंदेखि गाउँ–गाउँमा सुविधाजनक र गुणस्तरीय यात्राको लागि गेटवे एक्सप्रेस

गाउँले न्यूज, २८ माघ, काठमाण्डौ । सोलुखुम्बु जिल्लाको ग्रामीण भेगसम्म सुबिधाजनक र गुणस्तरीय सवारी साधन पुर्‍याउनको लागि गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.ले गेटवे एक्स्प्रेस यातायात सन्चालन सुरु गरेको छ ।

गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का संचालक समिती, तस्बित:बल बहादुर राई

काठमाण्डौको बसुन्धारा स्थित गेटवे फास्टफुट तथा रेष्टुरेन्टमा एक कार्यक्रम गरी गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.ले गेटवे एक्प्रेस औपचारिक रुपमा सन्चालन भएको जनाएको छ । हाल काठमाण्डौ देखी सोलुखुम्बुको सबै गाउँपालिकामा यातायातले सेवादिने पनि जनाएको छ ।

गेटवे एक्स्प्रेसका यातायात, तस्बित:बल बहादुर राई

उक्त कार्यक्रमा बोल्दै गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का अध्यक्ष रमेश राईले केही वर्षमा यस कम्पनिलाई नेपालको नमूना कम्पनिको रुपमा स्थापित गर्ने बताए । साथै शेयर सदस्यहरुको सल्लाहसुझाप अनुसार सधैं अघी बढ्ने पनि बताए । सोही कार्यक्रमा बोल्दै गेटवे एक्प्रेसका प्रमुख टेकबिर राईले सेवाग्राहिको आग्रह र सल्लाहालाई सिरोपर गर्दै सधैं गुणस्तरीय र सुबिधाजन यात्रा गराउनेमा जोड दिने बताए । साथै अहिले सोलुखुम्बु लिज्लाबाट सुरु गरिएपनी निकट भविश्यमानै देशै भरी सेवा दिने लक्क्षा रहेको बताए ।

गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का सेयर सदस्याहरु, तस्बित:बल बहादुर राई

कार्यक्रमा गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अमृत राईले अहिलेको यातायात सेवा भरपर्दो र गुणस्तरहीन भएकोले आफुहरुले यस गेटवे एक्प्रेस बाट ति आवश्याकतालाई परीपुर्ती गर्ने बताए । सोही कार्यक्रममा गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का कोषाध्यक्ष कृष्ण राईले नेपाल एक पर्यटकिय क्षेत्र भएकोले आन्तारिक र बाह्या पर्यटकलाई गन्तब्या सम्म पुग्नको लागि गेटवे एक्प्रेसलाई सम्झिनु आग्रह गरे ।

गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा लि एक उत्साहित युवाहरुको सामुहिक लगानी र नेत्रित्वमा सन्चालन भएको कम्पनी हो जस्ले बिदेश हैन स्वादेशमै केही गर्न सकिन्छ भन्ने मुख्य उद्वेश्या लिएर स्थपनी गरिएको पनि गेटवे मल्टी इन्भेष्टमेन्ट प्रालिका संचालक सदस्य योगेस राईले बताए । सगरमाथा एक पर्यटकिय स्थल हो जहाँ वर्षमा हजारौ पर्यटकहरु आवत जावत गर्छन । मौसम प्रकिकुलको कारण हावाइजहाज नउड्दा बैकल्पिक पदमार्गको रुपमा यस यातायातले सहयोग गर्नेमा ढुक्क रहेको पनि राईले जनाएको छ ।

पूजा गर्दै, तस्बित:बल बहादुर राई

अहिले गेटवे एक्प्रेसले एक दर्जन भन्दा बढी गाडीले सेवा सुरु गरेको र निकट भविश्यामानै गाडीको सख्या दोब्बर गर्ने पनि जनाएको छ । अहिले गेटवे एक्प्रेसले काठमाण्डौको चाबाहिल, बसुन्धारा र सोलुखुम्बु सल्लेरिमा कामना होटल एण्ड लज, बिनिसा होटल तेस्तै गरी माप्य दुधकोशी गाउँपालिकाको केन्द्र बासा खास्ताप, दाम्कु र ठुलोढुगामा टिकाट काउन्टर रखिसकेको जनाएको छ भने भावी दिनमा अनलाई माध्यामबाट टिकट बुकिङ गर्ने ब्याबस्थ गर्ने पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका