उपाधिको लागि माप्य दुधकोशी गाउँपालिका–६ र थुलुङ दुधकोशी गाउँपालिका–७ भिड्ने

उपाधिको लागि माप्य दुधकोशी गाउँपालिका–६ र थुलुङ दुधकोशी गाउँपालिका–७ भिड्ने

गाउँले न्यूज, १३ माघ, काठमाण्डौ । सुम्निमा खालिङ राई संकृति समूह बासाको आयोजनामा माघ ११ बाट शुरु भएको जिल्ला व्यपि महिला तथा पुरुष भलिबल खेलको पुरुष तर्फको उपाधिको लागि माप्य दुधकोशी गाउँपालिका–६ वाकु र थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा वीच भोलि खेल हुने भएको छ ।

आज भएको खेलमा माप्य दुधकोशी ६ ले माप्य दुधकोशी गाउँपालिक ५ लाई सोझो ३ सेटमा हराउदै फाइनलको यात्रा तय गरेको हो भने थुलुङ दुधकोशी गाउँपालिका ७ ले नेचा सल्यान गाउँपालिक १ लाई ३÷१ को जित निकालेर फाइनलको यात्रा पक्का गरेको हो ।
महिला तर्फको उपाधिको लागि माप्य दुधकोशी गाउँपालिका ७ र ५ वीच हुने भएको छ । आज भएको खेलमा ७ नं. वडाले र ५ नं. वडाले आयोजक टिम ए लाई ३÷१ को जित निकालेर फाइनलको यात्रा पक्का गरेका छन् ।

विद्यालय तर्फ भएको प्रतियोगितामा हाजिरि जवाफ तर्फ हिमालय मावि बासा, काकु मावि ए हिमालय मावि बि क्रमस प्रथम, द्धितीय र तृतीय भएका छन् । भने बिजेतालृ क्रमस नगत ३०००, २१००, १५०० साथमा ट्रफि प्रमाण पत्र मेडल प्राप्त गरेका छन् । चित्रकला तर्फ शिखर बाबु छिरि आविका मोहन राई प्रथम, काकु माविका ससिका राई द्धितीय, हिमालय माविका हिराकजी राई तृतीय, पद्धमकन्या आविका पदम भुजेल चौथो र अमर ज्योति आविका पवन कुमार राईलाई सान्त्वना पुरस्कार क्रकश नगद १०००, ७०० र ५०० को साथमा ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै बक्तित्वकला प्रतियोगितामा हिमाल माविका बन्दा राई प्रथम, काकु माविका तेज कुमार पुडासैनी द्धितीय काकु माविका कुशुम राई तृतीय र हिमालय माविका सुनिता बिकले सान्त्वना स्थान हासिल गरेका छन्
बिजेताले क्रमश नगद २०००, १५०० र १००० का साथ ट्रफि मेडल प्रमाण पत्र पदान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका