अर्जुन खालिङकी पुत्रीलाई किरात राई यायाेक्खाद्वारा शैक्षिक वृत्ति प्रदान

अर्जुन खालिङकी पुत्रीलाई किरात राई यायाेक्खाद्वारा शैक्षिक वृत्ति प्रदान

गाउँले न्यूज,  १ माघ, काठमाडौ । दिवंगत चित्रकार तथा कवि अर्जुन खालिङकी छोरी निन्वाम राईलाई किरात राई यायोक्खाले मंगलबार एक लाख एक रुपैयाँ शैक्षिक वृत्ति प्रदान गरेको छ ।

येलेदुङ ५०७९ को अवसरमा किरात राई यायोक्खाको कार्यालय, कोटेश्वरमा आयोजित कार्यक्रममा यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले प्रोत्साहन पत्र सहित १० वर्षीया निन्वामलाई सो रकम प्रदान गरेका थिए । किरात राई लेखक संघका पूर्व अध्यक्ष रहेका चित्रकार तथा कवि खालिङले समुदाय र राष्ट्रलाई दिएको योगदानको कदरस्वरूप उक्त शैक्षिक वृत्ति प्रदान गरिएको हो ।

प्रोत्साहन पत्र, फोटो: निन्वामकी आमा तारा नुमिहाङको फेसबूक वालबाट

अर्जुन खालिङले त्रिभुवन विश्वविद्यालयबाट स्नातकमा उत्कृष्ट भएबापत विस २०५७ सालमा महेन्द्र विद्याभूषण (स्वर्ण पदक) प्राप्त गरेका थिए । ‘चिन्डो बुक्स’ पब्लिकेशनका संस्थापक अध्यक्ष खालिङका ‘सुर्य डढिरहेछ निरन्तर’ र ‘गोयङको सुगन्ध’ दुई वटा काव्यिक कृति प्रकाशित छन् । दोस्रो कृति ‘गोयाङकाे सुगन्ध’ ले पहिचान पुरस्कार पाउन सफल भएको थियो । उनी चित्रकार, कवि र कुशल राजनीतिज्ञ थिए । सोलुखुम्बु जिल्लाकाे तत्कालीन जुभिङ गा.वि.स. वडा नं ६ मा वि.स. २०३२ साल भदौ २५ गते जन्मेका, आमा पुत्रीमाया राई तथा बाबु हेमप्रसाद राईका जेठा छोरा अर्जुन खालिङको वि.स.२०७३ साल मंसिर २९ गते काठमाडौमा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका