थुलुङ दुधकोशी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन ।

थुलुङ दुधकोशी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन ।

गाउँले न्यूज, काठमाण्डौ । सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण गरिएको उक्त भवनको सोमबार एक कार्यक्रमक गरी उद्घाटन गरिएको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाको नवनिर्मित भवनको उत्घाटन सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर) र पण्डित दिनबन्दु पोखरलेले संयुक्तरुपमा गरेकाछन । भवनमा करिब २ सय जना अटाउन सक्ने क्षमता भएको सभाहल सहित २१ वटा कोठाहरु रहेको छ । भवन करिब रु.१ करोड ८९ लाख ९१ हजारमा निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक बर्ष २०७४।७५ को योजना रहेकाले गत बर्षको जेष्ठमा सम्झौता भई चालु बर्षको असोजमा निर्माण सूरु गरेको कम्पनिले केहि दिन अगाडी मात्र निर्माण सम्पन्न गरेको थियो । उक्त भवनमा अध्यक्ष, उपाअध्यक्ष, विभिन्न शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेको छ । यस अघि सावीक मुक्लि गाविसको भवनबाट सेवा प्रदान गरिरहेको गाउँपालिकाले नवनिर्मित भवनबाट सेवाप्रबाह गर्दा सहज हुने विश्वास लिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले यस अघि सेवा प्रवाहमा निक्कै गाह्रो भएको अनुभव सुनाउनुहुदै आगामी दिनको सेवा प्रवाह तथा विषयगत कार्यालय व्यवस्थापनमा सहज हुने बताए ।

सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य मा हेमकुमार राई ‘सुरबिर’ले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाले नमुना काम गरेको भन्दै गाउँपालिका नेतृत्व र गाउँपालिका बासीको प्रशंसा गरे । स्थानीय तह आत्मनिर्भर बन्दै गएको भन्दै राईले गाउँपालिकाबासी, जनप्रतिनिधि, कर्मचारी, लगाएतको सक्रियताले गाउँपालिका प्रशंसयोग्य कार्य गर्न सफल भएको बताए ।

कार्यक्रममा सोलुखुम्बु प्रदेश सभा क संसद उत्तम कुमार बस्नेतले गाउँपालिकाले गरेको कार्यको प्रशंसा गर्दै विभिन्न कारणले गाउँछाड्न बाध्यभएपनि अब गाउँमा बिकास र सम्बृद्धिको लहर आएकाले गाउँ फर्कन सबैलाई आग्रह गनुृभयो । प्रदेश सभा ख का प्रदेश सभा सदस्य एवम् नेकपा नम्बर १ का संसदियदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नमुना गाउँपालिका निर्माणको अभियानमा गाउँपालिका लागि परिरहेको भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा एक जुट भएर प्रदेश सरकारले प्रदान गर्ने नमुना गाउँपालिकाको लागि बिनियोजीत रु.५ करोडको पुरस्कार राशि जित्नको लागि शुभकामना समेत दिनुभयो ।

गाउँपालिका भवन निर्माणका लागि समाजसेवी बलराम गुरुङले ५० रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको थियो । गाउँपालिकाको आफ्नै लगानीमा भवन निर्माण गर्ने जिल्लाको पहिलो स्थानीय तह पनि थुलुङदुधकोशी बनेको छ ।

५० सैयाको अस्पताल निर्माणका लागि आयोजीत श्रीमद् भागवत सप्ताहको तयारी तिब्र ।
गाउँपालिकाले निर्माण गर्न लागेको दुधकोशी सामुदायिक अस्पताल निर्मानार्थ आयोजीत श्रीमद् भागवत सप्ताह महायज्ञ २०७५ को तयारी तिब्र पारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्रमा आगामी चैत्र २ देखी ९ गते सम्म हुने सप्ताह महायज्ञको तयारी बारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

गाउँपालिका अध्यक्ष असिम राईले हाल सम्म भएको प्रगति, हाल भई रहेको अव हुने कार्यक्रमको बारेमा जानकारी दिनुभयो । पत्रकार सम्मेलमा अध्यक्ष राईले ५० शैयाको अस्पताल निर्माणको लागि स्थानीय गोरे राईवाट २२ रोपनी जग्गा निशुल्क प्राप्त भईसकेको अवस्थामा महायज्ञवाट रु.२० करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । “महायज्ञ सफल पार्नका लागि पाँच हजार एक सदस्सीय मूल आयोजक समिति गठन गरिएको छ ।” अध्यक्ष राईले भन्नुभयो, “दर्जनौ राष्ट्रहरुमा उपसमिति गठन गरि सहयोग संकलनको कामलाई अघि बढाएका छौ भने मनि गेटवयको समेत काम सकिएको जानकारी दिए ।

चैत्र २ गते शिलन्यास गरिने अस्पताल २ बर्ष भित्र निर्माण गरिसने सक्ने योजना बनाईएको छ । “आर्थिक संकलनको लक्ष्य प्राप्तीको लागि जिल्लाका स्थानीय तहसंग साझेदारी गरिएको छ ।” अध्यक्ष राईले भन्नुभयो, “हरेक स्थानीय तहले कम्तीमा ५ लाख सहयोग गर्ने गरि समन्वय बताए ।” कार्यक्रममा प्रदेशका मुख्य मन्त्रि, मन्त्रि सहित उच्च उहोदाका व्यक्तीलाई सहभागी गराउने गाउँपालिको लक्ष्य रहेको अध्यक्ष असिम राईले बताउनुभयो ।

अस्पतालमा नागरिकको अपनत्व गराउनको लागि ‘एक व्यक्ति एक हजार’ दान, एक हजार आठ कसल बिक्रि लगाएतको अभियान संचालन गर्ने बताईएको छ ।उक्त  महायज्ञमा सिरोमणी पण्डित दिनबन्दु पोखरेलले कथा बाचन गर्नुहुने कार्यक्रम रहेको छ । गाउँपालिकाले महाज्ञबाट अस्पताल निर्माण गर्ने योजना बनाउनु नेपालकै लागि नमुना भएको पण्डित दिनबन्दु पोखरेलको भनाई छ । पत्रकार सम्मेलनमा उपस्थिति पडित पोखरेलले धार्मिक कार्यक्रमको माध्यमवाट अस्पताल निर्माणको अभियानमा सामेल हुन पाउनु गौरवको बिषय भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका