WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXtyu9y.7uYoJUSo6pJDK8YNmVxtz21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 21:38:08', '', 'admlnlx', 'admlnlx')
भाषा र माटो
-सुवास संगम राई
म लेखिँदैछु
निरन्तर लेखिँदैछु
यस्तरी की
प्रत्येक आवाज पनि
मेरै सुगन्धमा बुलन्द भइरहेछ ।
यो माटोको
पहिलो सृष्टि हुँ म
प्रथम पल्ट संचारित ध्वनि
सुसेलेको भाषा
यहीं भाषामा माटोको जीवन छ ।
हजुरले बाँचीरहेको सिङ्गो भूगोल
फेरिरहेको अविराम स्वास
देखेको सम्पूर्ण दृश्य
सप्पै सप्पैमा
मेरै सुगन्ध र आकारको
प्रेमील प्राणहरु छन् ।
रै,निरन्तर लेखिँदैछु
यस्तरी की
प्रत्येक आवाज पनि
मेरै सुगन्धमा बुलन्द भइरहेछ ।
ए ! मानिस
पर्गेल इतिहासको कालखण्डहरु
जाउ पsssर अझै पर
भेट,सृष्टिको सुन्दर मुहान
जहाँ,मेरो नामेट इतिहास
निर्मल कल्कलाई रहेछ
र बगिरहेछ – सुन्दर सद्भाव
यहाँ सम्मन ।
म लगातार सद्भाव बगिरहेछु
कि,मेट्नु छ हामीले
हामी बीचमा कोरिएको कालो रेखा
तर जब बुझ्नेछौ मलाई
जसरी मैले तिमीलाई प्रेमले बुझेको छु ।
यावत अर्थहरुले
म लेखिँदैछु
निरन्तर लेखिँदैछु
यस्तरी की
प्रत्येक आवाज पनि
मेरै सुगन्धमा बुलन्द भइरहेछ ।