समुदायिक भवन हस्तान्तरण, गाउपालिका प्रमुख ङिमदोर्जी सम्मानित

समुदायिक भवन हस्तान्तरण, गाउपालिका प्रमुख ङिमदोर्जी सम्मानित

सोलुखुम्बु-१, पौष । खुम्बु पासाङल्यामु गाउँपालिका–३ घाटमा करिब ४५ लाखको लागतमा निर्माण गरिएको समूदायिक भवन हस्तान्तरण गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पा र उपप्रमुख टासील्हामु शेर्पाले संयुक्त रुपमा उद्घाटन गरी आर्यतारा महिला समूहलाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित भवन हस्तान्तरण कार्यक्र्मका प्रमुख अतिथि सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले मध्यवर्ती क्षेत्र व्यावस्थापन समिति भित्र भवन निर्माण कार्य नमुना भएको भन्दै खुःशी व्याक्त गरे । उहाँले यस्ता काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्याक्त गरे ।

गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले देशकै मुख्य आर्थिक स्रोतको रुपमा रहेको र विश्वले ध्यान खिच्ने खुम्बु क्षेत्रलाई विकास र संरक्षण गरी विश्वमा चिनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्नुे बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षता भएको हस्तान्तरण कार्यक्रमा संरक्षण क्षेत्रमा बिशेष योगदान दिएका खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पा, वडा नं ३ का अध्यक्ष मिङमाछिरी शेर्पा र कार्यपालिका सदस्य तथा प्रवक्ता ल्हाक्पा छिरी शेर्पालाई सम्मान गरिएको थियो ।

sourse:himkhikhar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका