थुलुङ दुधकोशी गाउँपालिकामा प्रहरीचौकी स्थापना

थुलुङ दुधकोशी गाउँपालिकामा प्रहरीचौकी स्थापना

सोलुखुम्बु, २४ मंसिर । थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ ।

आईतबार केन्द्र मुक्लिमा अस्थायी प्रहरी चौकीको एक कार्यक्रम गरी स्थापना गरिएको हो । स्थानीय सरकार आएपछि गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी राख्न सफल पहिलो गाउँपालिका थुलुङदुधकोशी बनेको छ । यहाँको भुगोल, जनसंख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर प्रहरी चौकी राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । प्रहरी चौकी स्थापनाले गाउँपालिकाको सुरक्षामा बलियो हुने उहाँको भनाइ थियो । गाउँपालिका केन्द्रमा बित्तीयसंस्था सञ्चालनमा सुरक्षाको जरुरी हुने भएकाले जिल्ला सुरक्षासमितिले प्रहरी राख्न सिफारिस गरेको प्रहरी प्रमुख सालीग्राम शर्माले बताउनुभयो । मुक्लिामा प्रहरी सहायक निरिक्षक चन्द्रप्रसाद रावबंशिको नेतृत्वमा पाँच जना प्रहरी खटाईएको पनि उहाँले बताउनु भयो ।

थुलुङ दुधकोशीमा यस अघिनै बैक स्थापना भइसकेकाले सुरक्षा व्यवस्था मजबुत बनाउनको लागि पनि चौकी स्थापना पहिलो प्राथमिकतामा परकेको हो । यो गाउँपालिकामा बैक स्थापना गर्ने पहिलो गाउँपालिका हो । बैंक स्थापना भएपछि झनै सुरक्षामा चुनौती बढेकाले बारम्बार ताकेता गरेपछि चौकी स्थापना गर्न सफल भएको गाउँपालिका प्रमुख असिम राईले बताउँनुभयो । “नमुना गाउँपालिका बनाउने हाम्रो अभियान हो ।” उहाँले भन्नुभयो, “नेपालका स्थानीय तहहरूमध्ये हामी नमुना बन्ने गरी आधादर्जन गौरवको आयोजना सञ्चालन गर्दैछौ, जसको लागि सुरक्षा आवश्यक छ ।”

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका