तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि भाट र कुलुङलाई

तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि भाट र कुलुङलाई

 

काठमाडौँ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ–म्याराथन प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गर्दै प्रथम भएका हुन् ।

सेनाकै भरत खत्री दोस्रो भए । उनले ४ घण्टा ६ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गरे । महिलातर्फ सोलुखुम्बुकी निरकला कुलुङ र पूर्णीमाया राई क्रमश:पहिलो र दोस्रो भए ।

संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले म्याराथन प्रतियोगिताको उद्घाटन गरेका थिए । मन्त्री अधिकारीले टानद्वारा तिन बर्षदेखि निरन्तर आयोजित यस म्याराथुनले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याएको बताए ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको लाङटाङ क्षेत्रमा टानले आयोजना गरेको अन्तराष्ट्रिय लाङटाङ म्याराथूनले यस क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि भएको कुरा बताए । उनले पर्यटन उद्मोगकै माध्यमबाट देशमा आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको भन्दै पर्यटकीय क्षेत्रका स्थानिय बासिन्दा र व्यवसायीको सकारात्मक सहयोग हुँदा मात्रै सफल हुने बताए ।

भूकम्पले पुर्‍याएको पर्यटकीय गन्तब्य लाङटाङ क्षेत्र अहिले सुरक्षित छ भन्ने सन्देश फैलाउन म्याराथनको आयोजना गरिएको टानका अध्यक्ष नवराज दाहालले बताए ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम हुनेले १ लाख ५ हजार, दोस्रोले ७८ हजार ७ सय ५० र तेस्रोले ५२ हजार ५ सय नगद पुरस्कार र प्रमाण पत्र पाएका छन् ।

४२.१९५ कि.मि. को म्याराथुन क्याङजिङ गोम्पा देखि सुरु हुँदै घोडातबेला , लामा होटल,  रिम्चे ,शेर्पागाउँ,  खान्जिम, व्रीदिम, लिङलिङ हुँदै स्याफ्रुवेंसीमा आएर समापन भएको थियो ।

कुल १०० जना धावक सहभागि म्याराथुनमा ९५ जना नेपाली र ५ जना बिदेशीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक ऋतु ग्याम्दानले यस म्याराथुनको भव्य सफलताको लागि सहयोग गर्ने प्रायोजक र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको तेस्रो संस्करणले लाङटाङ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा अभिवृद्धि हुने कुरा बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका