४ जेठ २०७५ – सोलुखुम्बुको नेचामा गोठ भत्कँदा एक जनाको ज्यान गएको छ । नेचा सल्यान गाउँपालिका–३ भण्डारी टोलमा गोठ भत्कँदा स्थानीय कल्पना बिष्टको मृत्यु भएको छ । ढुंगामाटोले बनेको दुई तले गोठ भत्कँदा थिचिएर ३५ वर्षीया कल्पना बिष्टको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका पति कुलबहादुर घाइते भएका छन् । गोठको पर्खालले थिचिएर तीनवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।