WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCQYvtFUU9vypjVjw74Jp7X.RBETd11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 07:29:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं– दिवंगत फुटबलर मणि शाहको आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिँदै छ । उनको उपचारको क्रममा सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
शाहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान दशरथ रंगशालामा राखिएको थियो । नेपाली फुटबलमा ‘म्याराडोना’को छवि बनाएका शाहलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, प्रदेश नम्बर तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालासहित आफन्त र शुभेच्छुक रंगशाला पुगेका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा शुभेच्छुक र आफन्त भावुक बन्न पुगेका थिए ।
५१ बर्षको उमेरमा शाहको निधन भएसँगै नेपाली फुटबलले एक ‘हस्ती’ लाई गुमाएको छ ।
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भएको थियो । जसमा फरवार्ड मणिको भूमिका महत्वपूर्ण थियो । एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।