एक सय चौध औषधीबाट ८८ हजारको उपचार

एक सय चौध औषधीबाट ८८ हजारको उपचार

कर्ण बहादुर रोकाया, हुम्ला ।। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले एक सय चौध प्रकारका औषधिबाट ८८ हजारभन्दा धेरै विरामीको उपचार गरेको छ ।

जडिबुटीबाट बनाइएका एक सय चौध प्रकारका चूर्ण, भष्म, रस, क्षार, बटी, मण्डूर, मलम, तेल, गुग्गुल, फान्ट र क्वाथ जस्ता औषधिहरुबाट ३३ रोगहरुको उपचार गरिदै आएको जानकारी उक्त केन्द्रका कार्यालय प्रमुख कृष्ण प्रसाद जैसीले दिएका छन् ।

जिल्लमा मुख्यत ः दम, कास, बातव्याधी, उदररोग,अम्लपीत्तका धेरै रोगीहरु भए पनि अतिसार, मधुमेह, कामला, पाण्डु, हृदयरोग, उच्चरक्तचाप, शोथ, कृमी, चर्मरोग, कर्ण, आघाताज, आमवात, वातस्क, रक्तविकार, मूत्रविकार, प्रसूतिविकार, स्त्रीरोग, बालरोग, नेत्ररोग, कर्णनासा, मुखरोग, शिररोग, मानस विकार, अर्श तथा गुदद्वार, दग्द्ध, दन्तरोग र प्रतिश्याम जस्ता ३३ रोगहरुको उपचारका लागि कम्तीमा पनि एक सय चौध औषधिको प्रयोग भएको छ भने वर्षेनी औषधिको मात्रा र प्रकार बढाउँदै गएको कार्यालय स्रोतबाट थाहा भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना वि.सं. २०५१ सालमा भएको हो । यति लामो अवधिसम्म विविध कारणले प्रचार प्रसार हुन नसके पनि पछिल्लो समयमा यसप्रति चासो बढ्दै जाँदा स्थानीयवासीहरुको पनि आकर्षण बढेको स्वीकारोक्ती सिमकोट बुराउँसे गाउँका अञ्जु लामाको रहेको छ । उनले  नेपालगंजमा नपाएको उच्चरक्तचापको औषधि हुम्लामा पाएर खुशि छन् ।

यो केन्द्रले निःशुल्क गाउँघर शिविर सञ्चालन, कृषकका लागि जडिबुटी सम्बन्धी तालिम, परम्परागत स्वास्थ्यकर्मीलाई रोगी प्रेषण तालिम, स्तनपायी आमाको लागि निःशुल्क स्तनबर्धक औषधि र जेष्ठ नागरिकलाई शक्तिबर्धक औषधि समेत वितरण गरिदैं आएको छ ।

स्थापनादेखि हालसम्म ८८ हजार हुम्लीहरुलाई सेवा पु–याएको छ भने सेवा विस्तार गरेर हुम्लाको मध्ये भाग सर्किदेउ गाविसको रीप गाउँमा आयुर्वेद स्वास्थ्य केन्द्र पनि स्थापना गरेको छ । आममानिसहरुको चासो हुँदा पनि सरकारले चासो नदिएको कुराहरु आ.व. २०७१÷०७२ को जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला स्वास्थ्य केन्द्रको बजेट लेखाजोखा गर्दा पनि थाहा हुन्छ ।

यो आ.व.मा जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको विनियोजित बजेट १० करोड ८६ लाख ४ हजार ३ सय ८७ रहेको छ । योमध्ये खर्च ७९ लाख ७ हजार १ सय ९५ भएको छ भने २ करोड ९० लाख ९७ हजार १ सय ९१ रुपैँया ४४ पैंशा फ्रिज भएको छ । यसरी नै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आ.व. २०७१÷०७२ मा ४२ लाख ९६ हजार ५ सय ३४ रहेको छ भने खर्च ३४ लाख २१ ह्जार ५४ भएको छ । फ्रिज ८ लाख ७५ हजार ४ सय ८० भएको छ । यो बजेटको लेखाजोखा गर्दा जिल्ला आयुर्वेद केन्द्रभन्दा धेरै कम रहेको छ ।

जिल्लामा पछिल्लो समयमा आयुर्वेद औषधिको माग बढ्दै जानु सकरात्मक कुरा मान्न सकिन्छ । अझै स्थानीयस्तरमा व्यापक रुपमा जनचेतना जगाउन जरुरी रहेको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका