शिकारी कुकुरको मोल दुई लाख, सिमकोटमा कुकुर आतङ्क

शिकारी कुकुरको मोल दुई लाख, सिमकोटमा कुकुर आतङ्क

कर्ण बहादुर रोकाया, हुम्ला ।। हुम्लामा जंगली जनावरहरुको अवैध चोरी शिकारी गर्ने अनेकौं तरिका र विधिहरु रहेका छन् । ति विधिहरुमा एक जैविक विधि हो मार्को अर्थात् शिकारी कुकुर पालेर कस्तुरी, भालु र बाघ लगायतको शिकार गरेर वर्षेनी लाखौं कमाउने गरिन्छ ।

हुम्लामा शिकार खेल्ने शिकारी अर्थात् मार्को कुकुरको गाउँघरमा १ लाखदेखि ४ लाखसम्म पर्ने गरे पनि सालाखाला २ लाखभन्दा धेरै मोल पर्ने कुरा नाम नबताउने शर्तमा हुम्लाको मिमि गाउँका एक शिकारीले बताए ।

हुम्लामा अवैध चोरी शिकारी गर्ने एक परम्परागत र मुनाफा योग्य कमाई भएकोले वर्षको चार पाँच महिना जंगली जनवारहरुको प्रजनन् र अन्य समय मिलाएर व्यापक रुपमा चोरी शिकारी गरेर त्यसका ओखेटोपहारहरु हुम्लाका विभिन्न गाउँहरुदेखि लिएर नेपाल लगायतका भारत र चीनका विभिन्न शहरहरु पनि बेचबिखन गर्ने गरिन्छ । छोटो समयमा नै लाखौं कमाइने भएकाले यो पेशामा स्थानीयवासीहरुको आकर्षण बढ्दो छ ।

पछिल्लो समयमा जलवायु परिवर्तनको प्रमुख कारण वन विनासको मार जंगली जनवारहरु परिरहेको अवस्थामा शिकारीहरुका लागि यो पनि उपयुक्त मौका भएकोले जिल्लाका शिक्षित र अगुवाहरु प्नि देशको प्रचलित ऐन कानुनलाई एकातिर पन्छ्याएर छोटो समयमा हुने राम्रो मुनाफाको लोभमा राष्ट्यि तथा अन्तराष्ट्यिस्तरमा संरक्षित, सुरक्षित, बर्जीत र निषेध गरिएका जंगली पशुपन्छीहरुको चोरी शिकारी गरी विभिन्न प्रकारका आखेटोपहारहरु बेच्ने काममा लागेका छन् ।

संक्रमणकालीन देशको वातावरणमा जसले जसरी सक्छ । त्यसरी लुट्न र कमाउन सजिलो हुने भएकोले पनि प्रचलित ऐन कानुन लागु भए पनि राजनैतिक दबाब र बलमा यस्ता गैरकानुनी र अवैधानिक क्रियाकलापहरुले मलजल पाएकाले पनि यो पेशातिर आकर्षण बढेको नाम नबताउने सर्तमा जिल्ला वन कार्यालय हुम्लाका जिम्मेवार व्यक्तिले आफ्नो बाध्यता बताए ।

उनले भने कतिपय कुराहरु थाहा हुँदा हुँदै चाहेर पनि गर्न सकिएको छैन । के गर्नु आफैलाई पनि आत्मग्लानी र पश्चाताम पनि हुन्छ तर कारवाही गर्ने निकाय नै जिम्मेवार छैन ।

यसरी परम्परागत रुपमा गरिने र गरिदैँ आएका यस्ता यावत कुराहरुको न्यूनिकरणका लागि सम्बन्धित निकायले सचेत गराउन आवश्यक रहेको देखिन्छ नत्र यी कुराहरुले प्रश्रय पाउनु समाजका  केहीका लागि लाभ भए पनि आमजनमानसका लागि हानीकारक देखिन्छ ।

हुम्लाको सदरमुकाममा सिमकोटमा कुकुर आतंक

हुम्लाको सदरमुकाममा यति बेला भुस्याहा कुकुर आतंकले सन्सनी मच्चाएको छ । स्थानीयवासीहरु बिहान बेलुका गाउँभन्दा टाढा वरपर काम गर्न र कर्मचारी तथा अन्य मानिसहरुलाई मर्नीङ तथ इभिनिङ वाकमा जान गाह्रो भएको छ ।

यस अघि स्थानीय प्रशासन तथा गाउँलेहरुको सहयोगमा केही कुकरहरु मारिए पनि अझै एक सयको हाराहारीमा सिमकोट बजार क्षेत्रमा एक दर्जनभन्दा धेरै हुलमा बसेका भुस्याहा कुकुरहरुले सिमकोटमा कुकुर आतंक मच्चिएको कुरा पत्रकार अर्जुन बोहराले बताए ।

दिनहुँ करीब एक दर्जन मानिसहरु कुकुरहरुको लखेटाईले पीडित भएका छन् । ती भुस्याहा कुकुरहरु बथानको बथानमा बस्ने र सानातिना पशुवस्तु, बालबच्चा, महिला तथा वृद्धहरु बिहान बेलुका र रात्ती आवत जावत गर्नका लागि कठिनाई भएको इन्सेक प्रतिनिधि मीमसिंह नेपालीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका