राष्ट्यि चरा डाँफे अवैध शिकारको मारमा, मारिन्छ पासा र तारमा !

राष्ट्यि चरा डाँफे अवैध शिकारको मारमा, मारिन्छ पासा र तारमा !

कर्ण बहादुर रोकाया, हुम्ला ।। नेपालको राष्ट्यि चरो डाँफेको हुम्लामा चोरी शिकारी बढ्दो छ । अरु त अरु सदरमुकाम सिमकोट आसपास क्षेत्रका यो वर्षको हिउँदको समयमा नै करीब एक सय जति डाँफेको अवैध चोरी शिकार गरिएको छ ।

डाँफे मार्नका लागि पासो थाप्ने, उछित्तो हाल्ने, जेवालो हाल्ने र बन्दुक तथा गुलेली मार्ने गरिएको छ । वर्षमा के कति मात्रामा डाँफे मारिन्छ भन्ने एकीक आँकडा नए  पनि जिल्लाभरी वर्षमा एक हजारभन्दा धेरै मार्ने गरिएको जानकारी विभिन्न स्रोतबाट थाहा भएको छ ।

कानुनी अज्ञानता कुनै पनि नागरिकलाई क्षमा योग्य नभए पनि हुम्ला जिल्लामा कानुनी साक्षरताको अभावमा पनि यस्ता धेरै कामहरु हुने गरेको छ । जबकि शिकार खेल्नकै लागि हुम्ला जिल्लाभरी करीब ६ हजारभन्दा धेरै भरुवा बन्दुक भएको पाइन्छ ।

हुम्ला जिल्लाको गाउँघरमा अलिकति बादल आयो कि बन्दुक लिएर वनमा शिकार खेल्न जाने चलन छ किनकी चिसोमा वनका पुशपन्छीहरु पनि धेरैै टाढासम्म आवतजावत गर्न सक्दैन । यही मौका छोपेर विभिन्न प्रकारका वनेलु जनावरहरु तथा पन्छीहरु मार्ने गरिएकोगाउँघरका  शिकारीहरुले भन्ने गरेका छन् ।     
डाँफे नेपालको राष्ट्यि चरा हो । यसको संरक्षण तथा विकास विस्तारका लागि हामी सबै लाग्नु पर्ने अवस्थामा यसको चोरी शिकार गर्ने गराउनेलाई के कति मात्रामा दण्ड जरिवाना हुन्छ । यस्ता कुराहरुको जानकारी जिल्लामा रहेका जिम्मेवार निकायबाट हुनुपर्नेमा यस्तो कामहरु हुने गरेको छैन ।

यसरी वर्षेनी राष्ट्यि चरा डाँफेको चोरी शिकारी गर्ने काम बढ्दै जाने हो भने इतिहासको पानामा मात्र सीमित नरहला भन्न कहाँ सकिन्छ र ? तर यसको संरक्षण सम्बद्र्धन गर्न सकेमा हुम्लाको मात्रै नभएर राष्ट्कै गौरबको रुपमा चिन्न र चिनाउन सकिन्छ भन्ने ‘कुरामा दुई मत नहोला । डाँफेसँग हुम्लाको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक सम्बन्ध पनि भएकोले यसको संरक्षण आवश्यक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका